२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

औषधी व्यवसायी संघ नवलपरासीमा पदस्थापन

२०८० बैशाख ९, शनिबार प्रकाशित ( साल अघि) ३३८ पाठक संख्या

जीवन न्यौपाने
बर्दघाट, ९ वैशाख । नेपाल औषधी व्यवसायी संघ नवलपरासीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । परासीमा आयोजित कार्यक्रममा संघका निवर्तमान पदाधिकारीले नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण तथा पदस्थापन गरेको हो ।
संघका निवर्तमान अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवालीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष पौडेलले नवनिर्वाचत अध्यक्ष डा.हेमराज न्यौपानेलाई पदहस्तान्तरण गर्दै पदस्थापन गराउनुभएको थियो ।
उक्त अवसरमा बोल्दै संघका प्रदेश अध्यक्ष ज्ञवालीले औषधी व्यवसाय जस्तो संवेदनशील व्यवसाय अन्य नभएकोले संवेदनशील भएर व्यवसाय गर्न आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुले सुगम दुर्गम नभनी समान मूल्यमा औषधी विक्री गरिरहेको दाबी पनि गर्नुभयो ।
कार्यक्रममा संघका निवर्तमान उपाध्यक्ष पलकधारी गुप्ता, महासचिव बाबुराम तिमिल्सिना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने संघका प्रदेश उपाध्यक्ष अमृत सुवेदी, महासचिव लुकराज न्यौपाने, प्रदेश सदस्य थानेश्वर ज्ञवाली, थानेश्वर अर्याल लगायतको पनि सहभागिता थियो । सोही अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपात्रो पनि विमोचन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस