२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

ग्यास बिक्रेता संघ नवलपरासीले प्रकाशन गरेको २०८० सालको भित्तेपात्रो बिमोचन

२०८० बैशाख ४, सोमबार प्रकाशित ( साल अघि) ४०१ पाठक संख्या

परासी, ४ वैशाख । ग्यास बिक्रेता संघ पश्चिम नवलपरासीले नव वर्ष २०८० को भित्तेपात्रो प्रकाशन गरेको छ । संघले प्रकाशन गरेको भित्तेपात्रोको आज भूमहीमा आयोजित एक कार्यत्रममा सुनवल नगरपालिकाका संस्थापक नगर प्रमुख भीमबहादुर थापा(भरत)ले विमोचन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै थापाले व्यवसायीका समस्या समाधानका लागि सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय मुलुकमा देखिएको आर्थिक मन्दीका कारण उद्योग व्यवसाय धरासायी भएको बताउँदै उहाँले सरकारले मन्दि न्यूनीकरण तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
थापाले देश आर्थिक संकटबाट गुज्रिदा पनि सरकार र राजनीतिक दलहरु यसको समाधानतर्फ केन्द्रीत नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले संस्थागत रुपमा बलियो भएर पेशालाई मर्यादीत बनाएर अघि बढेमा मात्र सफल हुन सकिने बताउँदै पूर्व नगर प्रमुख थापाले संस्था बलियो बनाउन आग्रह गर्नुभयो । समाज रपान्तरणको लागि एकले अर्कालाई दोष देखाएर बस्नुभन्दा पनि आफ्नो आफ्नोतर्फबाट योगदान गर्नुपर्ने उहाँको भनाई थियो ।
ग्यास विक्रेता संघका जिल्ला अध्यक्ष हरि अधिकारीको अध्यक्षता तथा पूर्व नगर प्रमुख थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष यूवराज भुसाल, संघका सचिव रबिलाल न्यौपाने राजु, सहसचिव मन्नुप्रसाद नाउँ लगायतले नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्नुभएको संघका उपाध्यक्ष सन्दिप अग्रहरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस