२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम-१० मा मोटरसाइकलको ठक्करबाट बालिकाको ज्यान गयो

२०७९ चैत्र २९, बुधबार प्रकाशित ( साल अघि) ६६७ पाठक संख्या

मोहन पौडेल
परासी, २९ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१० लक्ष्मीपुरमा मोटरसाइकलको ठक्करबाट एक नौ वर्षीया बालिकाको ज्यान गएको छ ।
आज साझ पाँच बजेको समयमा रामग्राम- १० लक्ष्मीपुर स्थित भित्री सडक खण्डमा यूपी ५६ एयू ३६८९ नम्बरको मोटरसाइकलले  पैदल यात्री सोही ठाउँ बस्ने राजेश चौधरीको छोरी नौ वर्षीया पिंकी चौधरीलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट  हात खुट्टा, टाउको र अनुहारमा चोट लागि गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको तथा  दुर्घटनामा संलग्न मोटरसाइकल र चालक पाल्हीनन्दन गाउँपालिका-६ बस्ने २६ वर्षीय उमेश कुमार सहनीलाई नियन्त्रणमा लिईएको डिएसपी पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१०%

प्रतिक्रिया दिनुहोस