२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

राधाकृष्ण माविका अध्यक्ष गुप्ताद्धारा व्यक्तिगत खर्चमा विद्यार्थीलाई पुरस्कार वितरण

२०७९ चैत्र २६, आईतबार प्रकाशित ( साल अघि) ४८४ पाठक संख्या

परासी, २६ चैत । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्नो व्यक्तिगत खर्चमा विद्यार्थीलाई पुरस्कार वितरण गरेका छन् ।
पाल्हीनन्दन-५ स्थित राधाकृष्ण माविका अध्यक्ष त्रिलोकी नाथ गुप्ताले विद्यालयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
विद्यालयले आज वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।
अध्यक्ष गुप्ताले बाल विकासदेखि कक्षा नौ(कक्षा ८ बाहेक ) सम्मका कक्षामा प्रथम,द्धितीय र तृतीय हुन सफल करिब ३० जना विद्यार्थीहरूलाई पुरस्कार स्वरुप आफ्नो व्यक्तिगत खर्चमा स्टेशनरी प्रदान गरेको बताउनुभयो ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई होसला प्रदान गर्न र अन्य विद्यार्थीलाई पनि पढाइमा लगनशील भएर लाग्नुपर्छ भन्ने प्रेरणा दिन पुरस्कार वितरण गरेको अध्यक्ष गुप्ताले बताउनुभयो ।
उहाँले अगामी शैशिक सत्रदेखि विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि गर्दै उत्कट विद्यालयको रुपमा स्थापित गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

1681055190745

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस