२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

दोहोरीगीत प्रतिष्ठान नवलपरासीद्धारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

२०७९ चैत्र २५, शनिबार प्रकाशित ( साल अघि) २७८ पाठक संख्या

मोहन पौडेल
परासी, २५ चैत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति पश्चिम नवलपरासीले प्रकाशन गरेको नववर्ष २०८० को भित्तेपात्रो बिमोचन गरिएको छ ।
प्रतिष्ठानले आज सुनवल नगरपालिका -१३ मा गरेको कार्यक्रममा भित्तेपात्रो बिमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सुनवल नगरपालिकाका प्रवक्ता एवं वडा नं. १३ का वडा अध्यक्ष कृष्णप्रसाद बगालेले गीत संगित मनोरञ्जनका लागि मात्र नभई समाज परिवर्तनमा पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय मानिसहरू डिप्रेसन तथा विभिन्न पीडाबाट ग्रसित भएकोले गीत संगितले मानिसहरूलाई त्यसबाट मुक्त गराई समाजलाई सहि दिशातर्फ अघि बढाउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले गाउँघरमा लुकेका प्रतिभालाई उजागर गर्न प्रतिष्ठानले विशेष कार्यक्रम चलाउनुपर्ने भन्दै त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव दीपक गरौजा मगरले नेपाली लोक संगितमा देखिएको विकृति विसंगति न्यूनीकरण गर्न प्रतिष्ठान सक्षम रहेको तर अधिकार नभएकोले सरकारले प्रतिष्ठानलाई यश विषयमा काम गर्ने अधिकार दिनुपर्ने माग गर्नुभयो । प्रतिष्ठानले विकृति नियन्त्रणका लागि कार्यदल नै गठन गरेर त्यस्ता कलाकारलाई नैतिक रुपले कारवाही गर्दै आएको तर अन्य कारवाहीको लागि सरकारले प्रतिष्ठानलाई जिम्मेवारी दिए प्रतिष्ठान तयार रहेको उल्लेख गर्नुभयो ।
केन्द्रीय सचिव गरौजाले गीग संगित सृजना परिस्कृत हुँदै गएको तर कलाकारको जीवनशैलीमा परिवर्तन हुन नसकेको बताउँदै उहाँले लोक संगितको सृजना र प्रस्तुति गर्ने कलाकारले समय सापेक्ष आफ्नो बोलिचालि,लगाईखुवाई,पहिरन लगायत जीवनशैली परिवर्तन गरि समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिष्ठानकि जिल्ला अध्यक्ष श्यामकला भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष नारायण विपी परियार,जिल्लाका सल्लाहकार संयोजक डोलराज भण्डारी,संरक्षक एकदेव पाण्डे, निवर्तमान जिल्ला अध्यक्ष भरत पौडेल क्षेत्री,सचिव राजन क्षेत्री लगायतले नेपाली लोक संगितको श्रीबृद्धिमा निरन्तर लागिरहने बताउनुभएको प्रतिष्ठानका जिल्ला उपाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । उक्त अवसरमा केन्द्रीय सचिव गरौजा,प्रदेश उपाध्यक्ष परियार तथा विज्ञापन दाताहरू र आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस