२०८१ आश्विन ७, सोमबार
24 खबर अपडेट

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएको खुशीयालीमा पाल्हीनन्दनको सनईमा दीपप्रज्वलन

२०७९ चैत्र ४, शनिबार प्रकाशित ( साल अघि) ४२६ पाठक संख्या

परासी, ४ चैत । नेपालको तेस्रो उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएकोमा खुशीयालीमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको सनईमा दीपप्रज्वलन गरिएको छ। पाल्हीनन्दन वडा नं ६ सनईमा आज साँझ स्वतन्त्र यूवा समाजको नेतृत्वमा दीप प्रज्वलन गरिएको हो ।
उच्च पदमा मधेस समुदायबाट निर्वाचित हुनुभएको खुशीयालीमा बधाई, शुभकामना तथा दीपप्रज्वलन कार्यक्रम गरिएको स्वतन्त्र यूवा समाजका संयोजक सन्दिप कुमार यादवले बताउनुभयो । नेपाली कांग्रेसका नेता राजेन्द्र सहानीको प्रमुखआतिथ्यमा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष कृष्णचन्द्र यादव, जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादव, कांग्रेस पाल्हीनन्दन सचिव शैलेस यादव, शम्भु सहानी, दीवाकर पाण्डे, राकेश सहानी, जसपाका रामबहादुर कुर्मी,यदुवेन्द्र दुवे, माओवादी केन्द्रका सुदामा सहानी, राजमणि चौधरी, लोकेश सहानी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस