२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नयाँ पाईला बहुउद्देश्यीय सहकारीद्धारा बृहत रक्तदान कार्यक्रम

२०७९ चैत्र ४, शनिबार प्रकाशित ( साल अघि) ४०५ पाठक संख्या

परासी, ४ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ८ मा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुनवल ८ स्थित नयाँ पाईला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा स्थानीय २३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कमल अर्यालले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष कृष्ण केसीको अध्यक्षता तथा वडा अध्यक्ष देउबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष गुरुङले सहकारी संस्थाले मानवीय सेवाको कार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न यस किसिमका कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
संस्थाका अध्यक्ष केसीले रगत अभाव हुन नदिन तथा सहकारीको सामाजिक उत्तरदायित्वको जिम्मेवारी पूरा गर्न रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । उक्त अवसरमा संस्थाका सल्लाहकार रुद्र लामगादे पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस