२०८१ आश्विन ७, सोमबार
24 खबर अपडेट

महिला दिवसमा समाजवादी महिला संघद्धारा दृष्टिविहीन विद्यार्थीलाई फलफूल वितरण

२०७९ फागुन २४, बुधबार प्रकाशित ( साल अघि) २६७ पाठक संख्या

परासी, २४ फागुन । ११३ ओैँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा परासी स्थित आदर्श माविका दृष्टिविहीन विद्यार्थीलाई फलफूल वितरण गरिएको छ ।
जनता समाजवादी पार्टीको महिला संगठन समाजवादी महिला संघले दृष्टिविहीन विद्यार्थीलाई फलफूल वितरण गरेको हो ।
समाजवादी महिला संघकि लुम्बिनी प्रदेश अध्यक्ष अञ्जु चौधरीको प्रमुख आतिथ्य तथा नर्वदा चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महिला संघकी केन्द्रीय सदस्य निरु गैरे,प्रदेश सदस्य सुनिता यादव लगायतले महिला दिवसको महत्त्वबारे प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभएको थियोे । समाजवादी महिला संघले उक्त विद्यालयमा अध्यनरत १२ जना दृष्टिविहीन विद्यार्थीलाई फलफूल वितरण गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस