२०८१ आश्विन ७, सोमबार
24 खबर अपडेट

परासीमा रामग्राम जेसीजको होली मिलन समारोह,आपसमा रङ दलेर आपसी सद्भाव साटियो

२०७९ फागुन २३, मंगलबार प्रकाशित ( साल अघि) ४०८ पाठक संख्या

परासी,२३ फागुन । फागुपूर्णिमा अर्थात रंगहरुको पर्व होलीको अवसरमा रामग्राम जेसीजले होली मिलन कार्यक्रम गरि आपसी सद्भाव,मित्रता र बन्धुत्वको भावनालाई प्रगाढ बनाएको छ ।
रामग्राम जेसीज वर्ष २०२३ ले आज परासीमा आयोजना गरेको उक्त कार्यक्रममा हर्षोल्लासका साथ एकआपसमा रङ दलेर आपसी सद्भाव साटिएको हो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा  मनाउने प्रचलन रही आएकोले रामग्राम जेसीजले यश वर्ष पनि होली मिलन कार्यक्रम गरि शुभकामना आदानप्रदान गरेको अध्यक्ष बेनी माधव बस्यालले बताउनुभयो ।
रङहरुको पर्व होली आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङगति एवं कुरीतिहरुलाई निर्मुल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस भन्ने कामना गर्नुभयो ।
असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा मनाईने होली पर्वको शुभकामना व्यक्त गर्दै जयसवालले आफन्त, इष्टमित्र, साथीभाईसँग मिलेर आपसमा रङ दली शुभकामना आदान प्रदान गरेर होली सभ्य रुपमा मनाउन जोड दिनुभयो । पछिल्लो समय युवाहरु लागुपदार्थको दुव्र्यसनीमा फस्दै गएकाले त्यसको निर्मुल गर्न जेसीजले विशेष अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली,नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य अर्जुन क्षेत्री, रामग्राम जेसीजका पूर्व अध्यक्ष यमकुमारी सुवेदी,सन्दिप अग्रहरी,रामग्राम महिला जेसीजकि अध्यक्ष जोगमाया चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
रामग्राम जेसीज २०२३ का महासचिव विष्णुराज रावको सञ्चालन,उपाध्यक्ष रामप्रसाद पौडेलको स्वागत र कार्यकारिणी उपाध्यक्ष राजु देवानको आस्था पाठ रहेको उक्त कार्यक्रममा रामग्राम जेसीजका निवर्तमान अध्यक्ष अनिल उपाध्याय,पूर्व अध्यक्ष सुमन गोपाल आचार्य,मेघराज गौतम,सञ्जय पाठक,रामग्राम महिला जेसीजका पूर्व अध्यक्ष प्रविता गुरुवाचार्य,प्रभा ज्ञवाली,बिमला सिंह,पुष्पा लामा लगायतको पनि सहभागिता रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस