२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पैदलयात्रा मार्फत अयोध्या पुगेर फर्किएका नेपाल र भारतका यूवालाई रामग्राममा सम्मानसहित स्वागत

२०७९ फागुन ८, सोमबार प्रकाशित ( साल अघि) ८९२ पाठक संख्या

मोहन पौडेल
परासी, ८ फागुन । नेपाललाई चिनाउँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले पैदलयात्रा गरी फर्किएका दुई यूवालाई आज पश्चिम नवलपरासीमा सम्मानसहित स्वागत गरिएको छ । नवलपरासीबाट भारतको अयोध्या धामसम्म पैदलयात्रा गरी फर्किएका नेपाल र भारतका दुई यूवालाई सीमानाका महेशपुरबाट स्वागत गर्दै रामग्राममा सम्मान गरिएको हो ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका हकुईका नवीन यादव र भारतका मित्रसेन यादवले अयोध्यासम्मको पैदलयात्रा गरी फर्र्किएका हुन् । दुवै यूवालाई आज रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले महेशपुरमा स्वागत गर्नुका साथै रामग्राम नगरपालिकामा सम्मान गर्नुभएको हो ।
दुई देशबीचको मित्रता थप प्रगाढ बनाउन र नेपाललाई चिनाउन अयोध्यासम्म पैदलयात्रा गरिएको यात्रु नवीन यादवले बताउनुभयो । यात्राको क्रममा भारतका सुरक्षाकर्मी, स्थानीयवासी र मिडियाबाट भरपुर सहयोग पाएको र यात्रा पनि फलदायी भएको उहाँले बताउनुभयो । फेब्रअरी १५ तारिखबाट शुरु भएको यात्रा आज सकिएको हो।
यात्रीहरुलाई स्वागत गर्दै रामग्राम नगरपालिकाकी उपमेयर चौधरीले यूवाहरुमा देखिएको राष्ट्रहीत भावना र यस किसिमको अभियानलाई आफूले उच्च सम्मान र सकरात्मक रुपमा लिएको बताउनुभयो । यो अभियानले अन्य यूवालाई पनि अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्र र राष्ट्रियतामा योगदान पुग्ने बताउनुभयो । राष्ट्रियताको भावना, दुई देशको मित्रता र धर्म संस्कृति संरक्षणमा यो अभियान मार्फत सकरात्मक सन्देश गएको बताउँदै उपमेयर चौधरीले नेपालकै धार्मिक, पुरातात्विक तथा ऐतिहासिक स्थलहरुको संरक्षण, जगर्ने, सम्बद्र्धन र प्रचारप्रसारमा टेवा पुग्ने गरी स्वेदश भित्र पनि यस किसिमको अभियान चलाउन आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%२%२%१%१%

प्रतिक्रिया दिनुहोस