२०८२ आश्विन २८, मंगलबार
24 खबर अपडेट

आईपीएलको खेल तालिका सार्वजनिक

२०७९ फागुन ५, शुक्रबार प्रकाशित ( साल अघि) ७३२ पाठक संख्या

गुजरात,५ फागुन : इन्डियन प्रिमियर लिग (आईपीएल)को खेल तालिका सार्वजनिक भएको छ।

भारतीय क्रिकेटबोर्ड बीसीसीआईका अनुसार आगामी ३१ मार्चबाट सुरु हुने १६ औं संस्करणको (आईपीएल)को उद्घाटन र फाइनल दुबै खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले १६ औं संस्करणको उद्घाटन खेलमा चेन्नई सुपर किङ्सको सामना गर्नेछ।

बीसीसीआईले आईपीएल २०२३ को प्लेअफ खेलको मिति भने सार्वजनिक गरेको छैन। यसपटको आईपीएलमा ७४ वटा खेल हुनेछन्। पहिलो लिग चरणमा सबै १० टोलीले १४–१४ खेल खेल्नेछ।

यसरी लिग राउण्डमा कुल ७० खेल हुनेछन्। त्यसपछि प्लेअफका चार खेल हुनेछन्। यो वर्षको आईपीएल भारतमा मात्र आयोजना हुनेछ।

सबै खेल भारतभरका १२ वटा मैदानमा खेलाइने भारतीय क्रिकेट बोर्डले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस