२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्हीनन्दनको हिउँदे गाउँसभा : दुई विद्येयक र दुई कार्यविधि पारित

२०७९ फागुन ३, बुधबार प्रकाशित ( साल अघि) ३७३ पाठक संख्या

मोहन पौडेल
परासी, ३ फागुन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको बाह्रौँ गाउँसभाले दुई वटा विद्येयक र दुई वटा कार्यविधि पारित गरेको छ । गाउँपालिकाको आज सम्पन्न हिउँदे गाउँसभाले पालिकास्तरीय जोखिम तथा विपद् व्यवस्थापन विद्येयक २०७९ र संघ संस्था दर्ता विद्ययेक २०७९ पारित गरेको हो ।
सोही सभाले प्राईभेट फर्म दर्ता कार्यविधि २०७९ र स्थानीय ई–रिक्सा तथा टेम्पु दर्ता तथा सञ्चालक कार्यविधि २०७९ पनि पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले दैनिक 24 खबरलाई जानकारी दिनुभयो । यसैगरी चालु आ.व.मा गाउँपालिकाले स्वीकृत गरेका केही पालिका स्तरीय र केही वडा स्तरीय योजना तथा कार्यक्रम पनि संशोधन गरिएको उहाँले बताउनुभयो ।
गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले सीमित स्रोत साधन र अनेक चुनौतीको सामना गर्दै गाउँपालिकाको विकासमा निरन्तर लागिरहेको बताउनुभयो । केही व्यक्तिहरु विकास कार्य अवरोध गर्न लागिरहेको तर आफूहरुले नियमसंगत र प्रक्रियागत रुपमा विधि अनुसार काम गरिरहेकोले चुनौतीका बाबजुद विकास कार्य नरोकिएको बताउनुभयो । उहाँले विकासका हरेक योजना सञ्चालन गर्दा अख्तियार लगायतका निकायमा मुद्धा हालेर अनावश्यक दुःख नदिन आग्रह गर्दै कर्मचारीको मनोबल बढाउने कार्यमा प्रोत्साहन गर्न आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाको विकासमा सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल गुप्ता, गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, वडा नं. १ का अध्यक्ष चुल्हाई प्रसाद यादव, वडा नं. २ का वडा अध्यक्ष जगदीश गुप्ता, वडा नं. ३ का वडा अध्यक्ष गोधन हरिजन, वडा नं. ४ का वडा अध्यक्ष रबीन्द्र कुमार सहानी, वडा नं ५ का वडा अध्यक्ष दयाशंकर त्रिपाठी, वडा नं. ६ का वडा अध्यक्ष एवं प्रवक्ता कृष्ण चन्द्र यादव, कार्यपालिका सदस्य अनिता सहानी, पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस