२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

१८ विद्यालयलाई स्पष्टिकरण सोध्दै बर्दघाट नगरपालिका

२०७९ माघ २९, आईतबार प्रकाशित ( साल अघि) ३०० पाठक संख्या

कृष्ण ढकाल
बर्दघाट,२९ माघ । बर्दघाट नगरपालिकाले आफ्नो नगरका १८ वटा विद्यालयहरुलाई स्पष्टिकरण सोध्ने भएको छ । बर्दघाट नगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु गरी कुल ६२ वटा विद्यालयहरु मध्ये १८ वटा विद्यालयहरुले नगरले संचालन गरेको श्रुतिलेखन प्रतियोगितामा बिद्यार्थीहरुलाई सहभागि नगराएका कारण स्पष्टिकरण सोध्ने भएको छ ।

बर्दघाट नगरपालिकाले नगरका सबै विद्यालयहरुलाई पत्राचार गरेर नगरले संचालन गरेको उक्त प्रतियोगितामा १८ विद्यालयहरुले बालबालिबाहरुको प्रतियोगितामा भाग लिन पाउने अधिकारलाई बन्चीत गरेको भन्दै स्पटिकरण सोध्ने र मनासिफ जवाफ नआएमा कार्वाहि समेत गर्ने बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद् शाखा प्रमुख लोकराज पन्थीले बताउनु भएको छ ।

कक्षा ४ र ५ मा अध्ययनरत बिद्यार्थीहरुका लागि आयोजना गरीएको श्रुतिलेखन प्रतियोगितावाट बिद्यार्थीको मानसिक तथा ब्यवहारी ज्ञान र सिपको वृद्धिविकास हुने हेतुले उक्त प्रतियोगिता आयोजना गरीएको शाखा प्रमुख पन्थीले बताउनु भएको छ । बिद्यार्थीहरुलाई पढाईका अलावा बिभिन्न प्रकारका ज्ञानव्रद्धर्क कुराहरुको सिप सिकाईका लागि बिभिन्न प्रकारका गतीविधिहरु संचालन गरीएको उहांको भनाई रहेको थियो ।

आज भएको श्रुतिलेखन प्रतियोगितामा बर्दघाट नगरका ४१ वटा विद्यालयहरुका बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस