२०८२ भाद्र ८, आईतबार
24 खबर अपडेट

सुशासन, सहज सेवा र आर्थिक विकास सरकारको मुख्य प्राथमिकता – कानूनमन्त्री प्रधान

२०७९ माघ १०, मंगलबार प्रकाशित ( साल अघि) ४७३ पाठक संख्या

मोहन पौडेल
परासी, १० माघ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धु्रब बहादुर प्रधानले कानून मार्फत संघीयता बलियो बनाउने जिम्मेवारी प्राप्त गर्दैमा राप्रपाका एजेण्डाहरु नछोडिने बताउनुभएको छ । उहाँले जनताको म्याण्डेडलाई सम्मान गर्र्द व्यवस्था बलियो बनाउन लागिपर्ने बताउनुभयो ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला पश्चिम नवलपरासी आउनुभएका प्रधानलाई आज रेडियो परासीले गरेको सम्मान तथा पत्रकार भेटघाटमा उहाँले सररकारमा जाँदैमा रापपाले आफ्ना एजेण्डा छोडेको भन्ने नबुझ्न जोड दिनुभयो ।
मन्त्री प्रधानले मुुलुकमा सुशासन, सहज सेवा र आर्थिक विकास नै वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । मुलुकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न कानून मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रेडियोका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, नेपाल बार एसोसियएसनका जिल्ला अध्यक्ष धन शर्मा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, महाकवि देवकोटा क्याम्पस सुनवलका अध्यक्ष कृष्णप्रसाद लामिछाने, रेडियोका कोषाध्यक्ष नगेन्द्र अग्रहरी लगायतले शुभकामना व्यक्त गर्नुभएको रेडियोका स्टेशन म्यानेजर विकास अधिकारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस