२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

मनकारी प्रभा – एम्बुलेन्स नपाएर समस्या पाएका बिरामीलाई निजी गाडीबाट सेवा दिने घोषणा

२०७८ जेष्ठ १, शनिबार प्रकाशित ( साल अघि) २९१६ पाठक संख्या

परासी, १ जेठ । कोरोना संक्रमितको सुविधाका लागि परासीकि प्रभा ज्ञवालीले आफ्नो निजी गाडी मार्फत एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको छ ।
रामग्राम नगर क्षेत्रमा बढ्दो कोरोना संक्रमणको कारण बिरामीलाई अस्पतालसम्म लैजान यातायात असुविधा नहोस् भन्ने उद्देश्यले आफुले उक्त घोषणा गरेको उहाँले बताउनुभयो ।
बीमा सम्राटको रुपमा परचित ज्ञवालीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट उक्त जानकारी गराउनुभएको हो । उहाँ रामग्राम महिला जेसीजकि पूर्व अध्यक्ष हुनुहुन्छ ।
परासी अस्पताल वा बुटवल भैरहवा लैजानु पर्ने कोभिडका बिरामीलाई आफैंले सेवा गर्ने उहाँले बताउनुभएको छ ।
उहाँले भन्नुभयो – मेरो साथी भाई ईष्ठ मित्र र मलाई चिन्ने र कोभिड भै घरैमा बस्नु हुनेलाई स्वास्थ्यमा समस्या भएमा सास फेर्न गाह्रो भएमा र भनेको समयमा एम्बुलेन्स न आएमा कृपया मलाई संझिनु होला म आबस्यक स्वास्थ्य सामग्रीको प्रयोग गरेर हजुरहरुलाई परासी अस्पताल या बुटवल र भैरहवा सम्म पुराई दिनेछु, सेवा गर्न पाउदा धन्य संझने छु हजुरको सेबा गर्दा म संक्रमित नहोउला र भएछु र मरेछु भनेपनि पुण्य काम गरेर मरेको संझिनेछु

20210515_194902

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१९%२८%१%३%

प्रतिक्रिया दिनुहोस