२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजद्धारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण

२०७८ जेष्ठ १, शनिबार प्रकाशित ( साल अघि) ४२८ पाठक संख्या

परासी , १ जेठ । रामग्राम महिला जेसीज परासीले स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड संक्रमण विरुद्ध दिनरात नभनी अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीलाई स्वास्थ कार्यालयमार्फत स्वास्थ सामग्री वितरण गरिएको महिला जेसीजले जनाएको छ ।
आज स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेललाई दश प्याकेट मास्क,दस लिटर सेनिटाईजर र नौ वटा फेससिल्ड हस्तान्तरण गरिएको रामग्राम महिला जेसीज वर्ष २०२१ कि अध्यक्ष पुष्पा लामाले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो ।
यस बिषम परिस्थितिमा दिनरात नभनी अहोरात्र स्वास्थ्य सेवामा खटिरहनुहुने स्वास्थकर्मीहरुलाई मास्क स्यानिटाइजरको अभाव नहोस भन्ने हेतुले स्वास्थ्य कार्यालयको आग्रहमा रामग्राम महिला जेसीजले आज मास्क तथा सेनिटाइजर बितरण गरेका हौं , उहाँले भन्नुभयो ।
छौ। कोरोनाको नयाँ भेरियन्टको यो अवस्थामा स्वास्थ्य सुरक्षामा जोखिम नहोस् भनेर महिला जेसीजले सहयोग गरेकोमा स्वास्थ्य कार्यालय प्रमुख पोखरेलले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मास्क तथा सेनिटाइजर बितरणका लागि रामग्राम महिला जेसीजकि पूर्व अध्यक्ष एवं वर्षको २०२१ कि कानुनी सल्लाहकार बिमला सिंहको विशेष सहयोग रहेको महिला जेसीजकि कोषाध्यक्ष सुनैना रन्जितकारले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस