२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रोटरी क्लब र रामग्राम जेसीजद्धारा बिरामीका लागि अक्सिजन सिलिन्डर हस्तान्तरण

२०७८ बैशाख २७, सोमबार प्रकाशित ( साल अघि) ६६५ पाठक संख्या

मोहन पौडेल
परासी, २७ वैशाख । अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला रोटरी क्लब अफ नवलपरासी र रामग्राम जेसीज परासीले संक्रमित बिरामीको लागि पचास वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छन्।
दुवै संस्थाले आज एक कार्यक्रम गरि रिफिल गरिएका अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेका हुन् ।
रोटरी क्लबका अध्यक्ष सुमन गोपाल आचार्य र रामग्राम जेसीजका अध्यक्ष चन्द्रमणि चौधरीले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई सिलिन्डर हस्तान्तरण गर्नुभएको हो ।
 अक्सिजन अभावले कुनै पनि संक्रमितहरुले अकालमा ज्यान गुमाउने अवस्था नहोस् र उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले आफूहरुले सो सहयोग गरेको रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुमनगोपाल आचार्यले बताउनुभयो ।
`बिपतको बेला बिरामीको उपचारमा सहजता प्रदान गर्न यो कार्य गरेका हौ,’ उहाँले भन्नुभयो ।
रामग्राम जेसीजका अध्यक्ष चौधरीले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनालाई आत्मसात गरि आफुहरुले विपतको बेला सक्दो सहयोग गरेको बताउनुभयो । उहाँले कुनै पनि बिरामी  एम्बुलेन्स नपाएर छट्पट्याउनु परेको वा शववहान नभएर शव व्यवस्थापनमा समस्या भोग्नुपरेको अवस्था भए आफुहरुसँग रहेको सवारीसाधन प्रयोग गर्न दिने घोषणा पनि गर्नुभयो ।
हाललाई पचास वटा सिलिन्डर रिफिलमा सहयोग गरेपनि आवश्यक परेमा थप सहयोग पनि गरिने रोटरी क्लबका सचिव राजकुमार रेश्मीले जानकारी दिनुभयो ।
विपतको बेला रोटरी र जेसीजको यो कदम निकै सराहनीय भएको प्रजिअ मिश्रले प्रतिक्रिया दिनुभयो ।  अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या आईरहेका बेला सामाजिक क्षेत्रबाट भएको यो काम निकै राम्रो रहेकाे भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव नहोस् भन्ने उद्देश्यका साथ जिल्लाका विभिन्न कम्पनी तथा उद्योगहरूसँग रहेका सिलिन्डरहरू पछि सम्बन्धित कम्पनीलाई नै फिर्ता गर्ने गरी अक्सिजनका सिलिन्डर संकलन गरिएको बताउँदै त्यसमध्येका पचास सिलिन्डर रिफिलमा सहयोग गरेको भन्दै उहाँले  सहयोगी हातहरुप्रति खुशी व्यक्त गर्नुभयो ।
अहिलेसम्म २२१ अक्सिजन सिलिन्डर संकलन गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
Attachments area
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस