२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्रामको आईसोलेशनमा अक्सिजन जडान, एचडियु सेवा पनि संचालन हुँदै

२०७८ बैशाख २७, सोमबार प्रकाशित ( साल अघि) ६४४ पाठक संख्या

Received_854068632121633

गाैरीशकर जयसवाल 

परासी  २७ बैशाख । पश्चिम  नवलपरासीकाे रामग्राम नगरपालिकामा  नयाँ भेरियन्टसहितका काेराेना सक्रमित बढ्दै गएपछि नगरपालिकाले सञ्चालन गरेको आईसोलेशनमा जडान गरिएको छ । काेराेना सक्रमण बढदै गएपछि  रामग्राम नगरपालिकाले साेमबारदेखि अक्सिजन सहितकाे आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएको  नगरपालिकाले जनाएकाे छ ।
नगरपालिकाकाे वडा न ४ मा  अवस्थित पाल्हि क्याम्पसमा  बिस बेडको अक्सिजन सहित आईसाेलेसन सेन्टर संचालन गरेको  रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनुभयो ।

‌ उक्त आईसाेलेसन सेन्टरमा विशेषज्ञ चिकित्सकको निगरानीमा अक्सिजन सहितको बिस बेडमा बिरामिहरूलाई उपचार हुने नगरप्रमुख गुप्ताले जानकारी दिनुभयो।

 नगरभित्रका अक्सिजन लेभल कम भएका र स्वासप्रश्वासमा कठिनाई भएका कोभिड बिरामीलाई उपचार गरिने  गुप्ताले बताउनुभयो ।

कोरोना संक्रमितहरुको सुविधायुक्त उपचारको लागि पश्चिम नवलपरासीमा एचडीयु केन्द्र सञ्चालन गर्ने  र त्यसकाे लागि तयारि भैरहेकाे पनि उहाँले बताउनुभयो ।  उक्त एचडियु केन्द्र सञ्चालनको लागि  प्रक्रिया अगाडि बढिसकेकाेले अबकाे केही दिनमा संचालन हुने नगरप्रमुख गुप्ताले जानकारी दिनुभयो ।

नगरबासीहरुको स्वास्थ्यमा सम्वेदनशिल रहेको तथा कोभिड बिरुद्वको लडाइमा निरन्तर लागीरहेको र सबै मिलेर परास्त गर्न सकिने बिश्वास उहाँले व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस