२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

राप्रपाको पक्षमा जनलहर बढ्दै: प्रधान

२०७९ कार्तिक २८, सोमबार प्रकाशित ( साल अघि) १६३३ पाठक संख्या

नवलपरासी, २८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त गठबन्धनबाट पश्चिम नवलपरासी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ध्रुव बहादुर प्रधानले आफ्नो र राप्रपाको पक्षमा जनलहर बढ्दै गएको बताउनुभएको छ ।

‘मेरो पक्षमा राम्रै जनमत देखिएको छ, त्यस कारण चुनाव चित्नेमा विश्वस्त छु’ राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका प्रधानले मतदाता समक्ष मत माग्दै भन्नुभयो । निरन्तर जनसेवामै क्रियाशील रहेका कारण मतदाताको माया पाएको र जित्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
यसअघि तीन पटकसम्म जितेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले यश क्षेत्रमा केही काम गर्न नसक्दा जनता निराश रहेकोले यहाँका जनताले नयाँ अनुहार खोजेको प्रधानले बताउनुभयो ।
नवलपरासी क्षेत्र नं. २ मा यश पटक राप्रपा र एमालेबीच  मुख्य प्रतिस्पर्धा रहेको उहाँको भनाइ छ । क्षेत्र नम्बर २ मा इमान्दार र योग्य उम्मेदवारको छवि बनाउनुभएकोले प्रधानको जित निश्चित जस्तै रहेको राप्रपाका जिल्ला अध्यक्ष ओमबहादुर सिंहको दाबी छ । नेपाल प्रहरीको पूर्व आईजिपी समेत रहनु भएका प्रधानले यश क्षेत्रमा सामाजिक क्षेत्रमा पनि उच्च योगदान गर्दै आउनु भएको छ । जनताको सेवालाई सर्वोपरि मानेर समाजसेवा गरिरहनु भएका प्रधान जनतामाझ लोकप्रिय बन्दै गएको सिंहले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%

प्रतिक्रिया दिनुहोस