२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा पहिलो आईसियु सेवा सुनवलमा शुरु हुँदै

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) ५०७ पाठक संख्या

FB_IMG_1620565438286

परासी २६ वैशाख । पश्चिम नवलपरासीमा पहिलो पटक आईसीयु सेवा सहितको अस्पताल सञ्चालन  हुने भएको छ । जिल्लामा कोरोना संक्रमणका कारण हरेह दिन संक्रमित र मृत्यु दर बढ्न थालेपछि सुनवल नगरपालिकाले १० बेडको आईसीयु सेवा सञ्चालन गर्न लागेको हो । ३ दिनभित्र आईसोलेसन सञ्चालनमा आउने नगर प्रमुख भीम बहादुर थापाले बताए । जिल्लामा आईसीयु नहुँदा सो सेवा दिनुपर्ने संक्रमणका बिरामीहरु बुटवल र भैरहवा जानुपर्ने बाध्यता थियो ।

उक्त ठाउँहरुमा समेत बेड अभाव भएपछि संक्रमितहरुको उपचार नपाएर मृत्यु हुँदै आएको छ । जिल्लामा २० दिनको अवधिमा ३८ जनाको मृत्यु भई सकेको छ । जिल्लामा सामान्य आईसोलेसनबाहेक एचडीयू केन्द्र समेत छैन । बेड अभावका कारण उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आईसीयु सेवा सुरु गर्न लागिएको नगर प्रमुख थापाले बताए ।

आईसीयूका लागि आवश्य पर्ने सम्पूर्ण मेडिकल उपकरण सुनवलस्थित सर्वोत्तम सिमेन्ट उद्योगले उपलब्ध गराएको छ । सेवा सञ्चालन गर्न करिब ७० लाख रुपैयाँ लाग्ने नगर प्रमुख थापाले बताए । उक्त रकम बराबरको उपकरण शनिबार उद्योगले नगरपालिकालाई हस्तान्तरण गरेको छ । ‘ हामीले आईसीयूका लागि उद्योगलाई अनुरोध गरेका थियौं । त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री उपलब्ध भएको छ । बुधबारदेखि सेवा सञ्चालन गर्छौ ।’ नगर प्रमुख थापाले भने । संक्रमितहरुका लागि नगरपालिकाले अक्सिजनसहितको २० बेडको आईसोलेसन निर्माण गरेको छ ।

सोही आईसोलेसनमा थप १० बेडको आईसोलेसन सुरु गरिने नगरपालिकाले जनाएको छ । आईसोलेसनमा एक चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीहरु रहने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस