२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

समग्र विकासका लागि हामीलाई जिताउनुहोस – लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार

२०७९ कार्तिक १३, आईतबार प्रकाशित ( साल अघि) ३३४ पाठक संख्या

परासी, १३ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं २ बाट नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले जिल्लाको समग्र विकासको लागि आफूहरुलाई जिताउन आग्रह गरेका छन् । गठबन्धनका उम्मेदवारहरुले परासीमा पत्रकार सम्मेलन गर्दै उक्त आग्रह गरेका हुन् ।
क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले यस क्षेत्रको विकाससँगै देशमै पहिचान बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । आफूले संसदमा प्रतिनिधित्व गर्दा यस क्षेत्रको समग्र विकास हुने उहाँले दाबी गर्नुभयो ।
जिल्लाका अधुरा विकासका काम पूरा गर्न र संविधानको रक्षा, स्थायित्व र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । रामग्राम स्तुप र पण्डितपुरको विकासका लागि पहल गर्ने बताउँदै उहाँले जिल्लामा कृषि, शिक्षा, स्वास्थ्य, औद्योगिक वातावरण,सडक सञ्जाल लगायतका लागि आफूले काम गर्ने उहाँको भनाई थियो । यस क्षेत्रबाट तीन पटक सांसद भईसक्नुभएका कँडेलले आफूलाई पटकपटक जिताउनुको कारण मतदातासँगै सोध्न पनि आग्रह गर्नुभयो । उहाँले नेतृत्वले विश्वास गर्न लायक यूवा उम्मेदवार नभएकोले आफू चुनावी मैदानबाट बाहिरन नसकेको र नेतृत्वले विश्वास गर्न सक्ने युवा तयार भए आफूले मैदान खाली गर्ने जिकिर गर्नुभयो ।
गठबन्धनबाट प्रदेशसभा २ ख का उम्मेदवार बैजनाथ जयसवालले अधुरा काम पूरा गर्न आफू दोस्रो पटक उम्मेदवार भएको बताउनुभुयो । उहाँले यस क्षेत्रको पहिचानको रुपमा रहेको रामग्राम स्तुप, पण्डितपुरको विकास, कृषि, शिक्षा,सडक, पुलपुलेसा लगायतकोविकासका लागि आफूले जित्नुपर्ने दाबी गर्नुभयो ।
गठबन्धनबाट प्रदेशसभा २ क का उम्मेदवार चिनक कुर्मीले विकास निरन्तर हुने प्रक्रिया भएकोले कानून बनाउने ठाउँमा राम्रो मान्छे छनौट गर्न आग्रह गर्नुभयो । संसदमा अधिकारको लागि लड्न सक्ने आफूसहितका उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । उक्त अवसरमा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार अयोध्या यादव, प्रदेशसभाका समानुपातिक उम्मेदवार राधेश्याम पाठक लगायतले गठबन्धनका उम्मेदवारले जित्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस