२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

विकासको नमूना क्षेत्र बनाउँदै नागरिकको सुख–दुःखमा साथ दिने एमाले उम्मेदवार अधिकारीको वाचा

२०७९ कार्तिक ८, मंगलबार प्रकाशित ( साल अघि) ६४२ पाठक संख्या

परासी, ८ कात्तिक । पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपेन्द्र कुमार अधिकारीले विकास र जनसेवा नै आफ्नो मूख्य लक्ष्य रहेको बताउनुभएको छ । उहाँले क्षेत्र नं. २ का नागरिकको सुख दुःखमा साथ दिँदै विकासका नमूना काम गरेर देखाउने बताउनुभयो ।
आज परासीमा मतदाता भेटघाटमा बोल्दै नेता अधिकारीले एमालेले कुरा होईन काम नै गरेर देखाउँछ भन्ने उदाहरण यो क्षेत्रमा प्रशस्त रहेकोले एमालेले जित्दा मात्र यस क्षेत्रको प्रभावकारी रुपमा विकास हुने बताउनुभयो ।
एमालेको नेतृत्वमा सरकार हुँदा विकासका थुप्रै कामहरु अघि बढेको तर गठबन्धनको सरकार आएपछि विकास नै ठप्प रहेकोले गठबन्धनबाट देशको विकास नहुने उहाँले बताउनुभयो । ठप्प रह्ेका विकासका काम गर्न पनि एमालेले जित्नुपर्ने उहाँको दाबी थियो ।
नवलपरासी क्षेत्र नं.२ अन्र्तगत सदरमुकाम परासीस्थित बुद्धचोकदेखि निलोगेटसम्मको फोरलेन सडक निर्माण, हाटबजार, नमूना गाउँ सडक, महेशपुर देखि परासी हुँदै सुनवल सम्मको सडक विस्तार, महेशपुर भन्सारको स्तरोन्नती लगायतका थुप्रै विकासका कामहरु एमालेको नेतृत्वमा भएकोले आगामी दिनमा पनि एमालेले जितेमा यो क्षेत्रलाई विकासमा उन्नत क्षेत्रको रुपमा स्थापित गर्ने नेता अधिकारीले बताउनुभयो ।
लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार हुँदा पनि पश्चिम नवलपरासीमा अर्बाैँ बजेट भित्राएर सडक, पुलपुलेसा, बिजुली, खानेपानी लगायतका पूर्वाधार विकास गरेकोले एमालेले कुरा भन्दा काम गरेर देखाउँछ भन्ने बलियो प्रमाण जगजाहेर रहेकोले मतदाताले अरुको भ्रममा नपरी सूर्य चिन्हमा भोट हाल्नेमा आफू विश्वस्त रहेको अधिकारीले बताउनुभयो ।
विगतमा पटकपटक जितेर गएकाले यो क्षेत्रको विकासमा ध्यान नदिँदा नवलपरासी क्षेत्र नं. २ सम्भावनायुक्त क्षेत्र भएर पनि पछि परेको भन्दै नेता अधिकारीले आफूलाई अवसर दिएर हेर्न आग्रह गर्नुभयो । एमाले नेता अधिकारीले आफूलाई भरोसा र विश्वास राखेर मत दिने मतदाताको शीर निहुरिने गरी कुनै काम नगर्ने र ईमान्दारीपूर्वक विकास र जनताको सुख दुःखमा साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस