२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासी-२(१)मा उम्मेद्वारी दर्ता पछि एमाले नेता गैरेले भन्नुभयो-विकास र समृद्धि नै मुख्य एजेण्डा

२०७९ आश्विन २४, सोमबार प्रकाशित ( साल अघि) ६४१ पाठक संख्या

सुनवल, २४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ (१) मा लुम्बिनी प्रदेशसभा सदस्य पदका लागि नेकपा एमालेबाट थानप्रसाद गैरेले उम्मेदवारी दर्ता गर्नुभएको छ । एमाले र जसपाको तालमेलबाट उम्मेदवार बन्नुभएका गैरेले परासीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार उम्मेदवारी मनोनयन गर्नुभएको हो ।
यस क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । विगतमा यस क्षेत्रमा एमालेकै नेतृत्वमा धेरै विकासका कामहरु भएको र बाँकी रहेका विकासको कामलाई पूरा गर्न पनि यस क्षेत्रमा एमालेको आवश्यकता रहेको उहाँको भनाई थियो । आफूले उम्मेदवारी गरेपछि यहाँका नागरिकबाट अपार माया देखिएको उहाँको प्रतिक्रिया थियो ।
को हुन् थानप्रसाद गैरे ?
तत्कालित सुनवल गाविसको दुई पटक अध्यक्ष बन्नुभएका गैरे वि.स.२०११ पुस २१ गते स्याङ्जाको वालिङ १३ मा जन्मनुभएको थियो । २०२२ मा परिवारसहित रुपन्देहीको आनन्दवन मणिग्राम बसाईसरि २०२९ सम्म त्यहाँ रहँदा सात कक्षा सम्म अध्ययन गरी २०३० सालदेखि सुनवलको विशासयमा गैरे स्थायी रुपमा बसोबास गर्दै आउनुभएको हो । परासीको आदर्श माविबाट २०३४ मा एसएलसी उत्र्तीण गैरे २०३६ सालमा पञ्चायन विरोधी आन्दोलनमा लागेर औपचारिक रुपमा राजनीतिक क्षेत्रमा होमिनुभएको थियो ।
तत्कालिन सुनवल पञ्चायत् भवन फटाहा विरोधी आन्दोलन अन्र्तगत उपप्रधान पञ्चलाई कालोमोसो लगाउने कामको नेतृत्व गर्नुभएका गैरेले दुई वर्षसम्म सार्वजनिक मुद्धा खेप्नुपरेको थियो । २०३७ सालमा तत्कालिन मजदुर किसान पार्टीमा संगठीत भई जिल्ला कमिटीमा काम गर्नुभएका गैरेले २०४२ मा नेकपा मालेसँग एकिकरण भएपछि जिल्ला कमिटीमै रहेर काम गर्नुभयो । उहाँ सुनवल पञ्चायतको अध्यक्षमा निर्वाचित भई जनपक्षीय काम गरी लोकप्रिय हुनुभएको थियो ।
२०४६ मा भएको पञ्चायत विरोधी आन्दोलन अन्र्तगत सुनवलको आन्दोलनको नेतृत्व गर्नुभएका गैरे पार्टीको संगठन विस्तारमा अविछिन्न रुपमा लागिरहने योद्धा हुनुहुन्छ । २०४७ मा माले र माक्र्सवादीबीच एकिकरण भई नेकपा एमाले बनेपछि सुनवल क्षेत्रमा पार्टी संगठन निर्माणमा उहाँको ठूलो योगदान रहेको छ । २०४९ र २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेको तर्फबाट उहाँ सुनवल गाविसको दुई पटक अध्यक्ष निर्वाचित हुन सफल हुनुभएको थियो ।
२०४९ देखि २०५९ सम्म दुई कार्यकाल सुनवल गाविसको अध्यक्ष हुँदा लोकप्रीय कामहरुको सुरुवात गरी सुनवलवासीको मनमा बस्न सफल हुनुभएको थियो । आफ्नो कार्यकालमै गैरेले गाविसमा नक्सा मास गरेर मात्र भौतिक संरचना निर्माण गर्नुपर्ने,बाटो २० फुट भन्दा कम निर्माण नगर्ने लगयातका कार्यक्रमको थालनी गर्नुभएको थियो । शिक्षा क्षेत्रलाई उच्च महत्व दिँदै विद्यालयको स्तरवृद्धि गर्दै उच्च माविसम्म र क्याम्पस स्थापनामा समेत यहाँको विशेष योगदान रहेको छ ।
नेकपा एमाले सुनवल गाउँ कमिटीको दुई पटक नेतृत्व(सचिव) गर्नुभएका गैरे २०५४ सालमा पार्टी विभाजन हुँदा एमालेको पक्षमा उभिनुभएको थियो । संगठनमा खारिएका गैरेसँग एमालेको गाउँ, क्षेत्रीय कमिटी हुँदै साविक नवलपरासी जिल्ला कमिटीको जिल्ला सचिवसम्म भएर काम गरेको अनुभव छ।
जिल्ला विभाजनपछि पनि एमालेको जिल्ला सहसंयोजक तथा एमाले र माओवादीबीच एकता भई बनेको नेकपाको जिल्ला कार्यदल सदस्य भई एक वर्ष काम गरेको समेत अनुभव छ । गत वर्ष सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उपविजेता हुनुभएका गैरे हाल लुम्बिनी प्रदेश कमिटीको सदस्य हुनुहुन्छ । पार्टीको छैँठौँ राष्ट्रिय महाधिवेशनदेखि दशौँ महाधिवेशनसम्म जनताको बहुदलिय जनवादको पक्षमा उभिँदै आउनुभएका गैरे निरन्तर महाधिवेशन प्रतिनिधिको रुपमा रहँदै आउनुभयो । २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट सुनवल नगरपालिकाको चुनावी कमाण्डर बनी एमालेबाट मेयर,उपमेयरसहित बहुमत सदस्यहरु जिताउन पनि उहाँ सफल हुनुभयो ।
राजनीतिक क्षेत्रमा मात्रै होईन गैरे सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील र लोकप्रिय हुनुहुन्छ । सुनवलको शिक्षा,खानेपानी, सहकारी लगायत समग्र विकासमा उहाँको उच्च योगदान छ । सुनवलको जनसेवा मावि विशासयमा २०३५ देखि २०३७ सम्म उहाँले शिक्षकको रुपमा काम गर्नुभएको थियो । पछि उक्त विद्यालयको दुई कार्यकाल समिति सदस्य र अध्यक्ष समेत हुनुभयो । महाकवि देवकोटा उमावि सुनवलको अध्यक्ष तथा महाकवि देवकोटा क्याम्पसको संस्थापक अध्यक्ष भएर समेत उहाँले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको छ । यतिमात्र होईन सुनवलकै सोमनाथ बाबा क्याम्पसमा समेत दुई कार्यकाल अध्यक्ष चलाएको अनुभव गैरेसँग छ ।
सुनवलमा सुनवल खानेपानी संस्थाको स्थापना गरी सुनवलवासीलाई शुद्ध पिउने पानीको व्यवस्थापन गर्न पनि गैरेको महत्वपूर्ण योगदान छ । उक्त संस्थाको पन्ध्र वर्षसम्म नेतृत्व गर्दै शुद्ध खानेपानी र सरसफाई अभियान चलाउँदै आउनुभएका गैरे हाल खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको लुम्बिनी प्रदेश संयोजकको रुपमा कार्यरत हुनुहुन्छ । जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था सुनवलको अध्यक्ष समेत रहनुभएका गैरे मदन भण्डारी फाउण्डेसनको जिल्ला अध्यक्ष एवं प्रदेश सदस्य पनि हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस