२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा सत्ता गठबन्धनको यस्तो छ भागबन्डा

२०७९ आश्विन २१, शुक्रबार प्रकाशित ( साल अघि) ५८१ पाठक संख्या

नवलपरासी, २१ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।                                    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।
सत्ता गठबन्धनको सिट बाँडफाँड अनुसार पश्चिम नवलपरासीको क्षेत्र नं. १  नेपाली कांग्रेसको भागमा परेको छ भने प्रदेश सभा तर्फ क मा नेपाली कांग्रेस र ख मा नेकपा माओवादी केन्द्रले पाएको छ ।
पश्चिम नवलपरासी क्षेत्र नं. २ पनि नेपाली कांग्रेसको भागमा परेको छ । प्रदेश सभा तर्फ क मा नेकपा माओवादी केन्द्र र ख मा नेपाली कांग्रेसले पाएको छ ।

Screenshot_20221007 214520_Samsung Notes

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस