२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कात्तिक ५ गतेभित्र हतियार बुझाउन प्रशासनको आग्रह

२०७९ आश्विन १५, शनिबार प्रकाशित ( साल अघि) ५०७ पाठक संख्या

मोहन पौडेल
परासी ,१५ असोज – इजाजतपत्र लिएर वैधानिक रूपमा घरमा हातहतियार राख्दै आएका सर्वसाधारणहरूलाई प्रशासनसमक्ष हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू कार्तिक ५ गतेभित्र बुझाउन प्रशासनले आज सूचना जारी गरेको हो ।
प्रशासनले यस्ता हतियार नजिकको प्रहरी कार्यालयमा  बुझाउन हतियार धनीलाई अनुरोध गरेको छ । यसरी बुझाईएका इजाजतपत्र प्राप्त हातहतियारहरू निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात् लगत कट्टा गरी फिर्ता गरिने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरू तोकिएको मितिमा बुझाउन सूचना जारी गरिएको हो । सूचनाको बर्खिलाप भए कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

IMG 20221001 WA0010

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस