२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बजार अनुगमन तीव्र बनाउन उपभोक्ता हित संंरक्षण मञ्च नवलपरासीको माग

२०७९ आश्विन ९, आईतबार प्रकाशित ( साल अघि) ५३३ पाठक संख्या

परासी, ९ असोज । नेपालीले मनाउने दशैँ,तिहार,छठ लगायतका महत्वपूर्ण चाडपर्वहरु शुरु हुनै लाग्दा पनि बजार अनुगमन नभएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
अन्य समयमा भन्दा चाडपर्वको समयमा वस्तु तथा सेवाहरुको बढी मात्रामा किनबेच हुने र यसको फाईदा उठाई गुणस्तरहिन तथा लेवल नभएका वस्तुहरु विक्री वितरण गर्ने,नापतौल तथा मूल्यमा अनियमितता गर्ने कामहरु गरी उपभोक्ता ठगी गर्ने कार्य भईरहेकोले बजार अनुगमनलाई तीव्र बनाउन मञ्चले माग गरेको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली र जिल्ला सचिव मोहन पौडेलले आज प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रभावकारी बजार अनुगमन गर्न माग गर्नुभएको हो ।
गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको नैसर्गिक संवैधानिक अधिकारको संरक्षण,सम्बद्र्धन गर्न, अनुचित व्यापारिक क्रियाकलापलाई नियन्त्रण गरी स्वच्छ बजार कायम गर्न स्थानीय प्रशासनलाई यस समयमा बजार अनुगमनलाई तीव्र बनाउन माग गरेको केन्द्रीय सदस्य ज्ञवालीले बताउनुभयो ।
औपचारिकताका लागि र शहर केन्द्रीत मात्रै नभई ग्रामीण क्षेत्रका बजारमा पनि प्रभावकारी र सुधार हुने गरी बजार अनुगमन गर्न माग गर्दै मञ्चले चालु आवमा कम्तीमा महिनाको दुई पटक जिल्लामा बजार अनुगमन गर्ने गरी बनाईएको कार्ययोजना प्रशासननबाटै कार्यान्वयन नभएको भन्दै कार्ययोजना कार्यान्वयनमा जोड दिएको छ ।
चाडपर्वको समयमा हुने कृत्रिम अभाव,कालोबजारी,म्याद नाघेका तथा लेवल नभएका,नापतौलमा ठगी,अखाद्य वस्तुको विक्री वितरण तथा महंगी जस्ता क्रियाकलापले उपभोक्ताहरुको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै उपभोक्ता ठगीमा परिरहँदा पनि सम्बन्धित निकायले बजार अनुगमनमा चासो नदेखाउनु विडम्बना भएको मञ्चका जिल्ला सचिव पौडेलले बताउनुभयो ।

Pppp

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस