२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासी क्षेत्र नं. २ मा एमालेले गर्यो प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार सिफारिस

२०७९ भाद्र १९, आईतबार प्रकाशित ( साल अघि) १३८४ पाठक संख्या

मोहन पौडेल
परासी, १९ भदौ । पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीसहित तीनजनाको नाम सिफारिस गरेको छ ।
उम्मेदवार सिफारिसको लागि नेकपा एमाले संघीय क्षेत्रीय समन्वय कमिटी र प्रदेश क्षेत्रीय कमिटी क र ख को आज परासीमा सम्पन्न संयुक्त बिस्तारित बैठकले क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदको लागि जिल्ला अध्यक्ष अधिकारी,प्रदेश सदस्य द्धय श्यामकुमार बस्याल र भगवती भण्डारीको नाम सिफारिस गरेको हो ।
जिल्ला अध्यक्ष अधिकारी क्षेत्र नं. १ बाट पनि सिफारिस हुनुभएको थियो ।यसैगरी क्षेत्र नं. २ अन्तरगतको प्रदेश सभा क बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रदेश सदस्य थानप्रसाद गैरे,खडानन्द कोईराला,प्रदेश विभाग सदस्य देवराज चौधरी,जिल्ला उपसचिव राजन आचार्य,जिल्ला सदस्य बिमल बगाले गरि ५ जनाको नाम सिफारिस गरिएको संघीय क्षेत्र ईन्चार्ज दधिराम अर्यालले जानकारी दिनुभयो ।
प्रदेश क अन्तरगत सुनवल नगरपालिका,सरावलको वडा नं. १,२,३ र रामग्रामको वडा नं. १,२,११,१२,१३ पर्दछन् ।
एमालेबाट क्षेत्र नं. २ को प्रदेश सभा ख बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचनको लागि एकल रुपमा सुमन गोपाल आचार्य सिफारिस हुनुभएको छ । आचार्य बुद्धिजीवी परिषद्को केन्द्रीय सदस्य हुनुहुन्छ भने परासीमा शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
संघीय क्षेत्रीय ईन्चार्ज दधिराम अर्यालको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा सुनवल नगरपालिकाकि मेयर बिमला अर्याल, जिल्ला अध्यक्ष अधिकारी , उपसचिव राजन आचार्य,प्रदेश क ईन्चार्ज रामचन्द्र भण्डारी,प्रदेश ख ईन्चार्ज रामनरेश राय,जिल्ला सदस्य देवराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।
क्षेत्रीय समन्वय कमिटीबाट सिफारिस आएका नामहरु भोलि जिल्ला कमिटीको बैठकले प्रदेशमा सिफारिस गर्ने जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिनुभयो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%४%१%१%२%२%

प्रतिक्रिया दिनुहोस