२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासी – २ बाट संघीय चुनाव लड्ने बस्यालको आकांक्षा

२०७९ भाद्र ५, आईतबार प्रकाशित ( साल अघि) ११०९ पाठक संख्या

नवलपरासी, ५ भदौ । नेकपा एमालेका नेता श्यामकुमार बस्यालले पश्चिम नवलपरासीबाट संघीय चुनाव लड्ने आकांक्षा व्यक्त गर्नु भएको छ । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बस्यालले आगामी मंसिरमा हुने निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं. २ ( परासी क्षेत्र ) मा एमालेको तर्फबाट उम्मेदवारी दिने आकांक्षा व्यक्त गर्नु भएको हो ।
शनिबार परासीमा अनेमसंघले गरेको प्रशिक्षण कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै बस्यालले जनताको प्रतिनिधि भएर सेवा गर्न चाहेको बताउनुभयो ।
आफू लामो समय देखि पार्टी राजनीति र सामाजिक काममा अग्रसर हुँदै जनताको सेवा गर्दै आएको र यश पटक पार्टीले टिकट दिए जनप्रतिनिधि बनेर जनताको सेवा गर्ने उहाँले बताउनुभयो ।
उहाँले आफ्नो फेसबुकमा समेत स्टाटस पोष्ट गर्दै  भन्नुभएको छ –
बिगत ४० बर्ष यस नवलपरासी क्षेत्रको राजनीतिक र सामाजिक अनुभवहरु सङ्गाल्दा र विभिन्न चुनावहरुको परिणाम पस्चात यहाँको जनसमुदायले गरेका आशाहरु र तिनको परिपुर्तिको मुल्यांकन गर्दा अब यस क्षेत्रको जनप्रतिनिधि भै नेतृत्व गर्छु भन्ने ब्यक्तिले यहाँको सांसद बन्नुभन्दा पनि यहाँको कुशल अभिभावक हुँ भन्ने कुराको बोध गराउनु आवस्यक ठानेको छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%३%२%१%

प्रतिक्रिया दिनुहोस