२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

महिला अधिकारको लागि एकताबद्ध भएर अघि बढ्न एमाले केन्द्रीय सदस्य खनालको आग्रह

२०७९ भाद्र ४, शनिबार प्रकाशित ( साल अघि) ५१५ पाठक संख्या

परासी, ४ भदौ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं नवलपरासी जिल्ला ईन्चार्ज सरिता खनालले महिला अधिकारको लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नु भएको छ। उहाँले नेतृत्व क्षमता र अधिकार प्राप्तिको लागि पछि नहट्न र संगठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले महिला अधिकार र समानताको पक्षमा बोल्ने पहिलो पार्टी एमाले भएकोले महिला अधिकार स्थापित गर्न एमालेको भूमिका अग्रणी स्थानमा रहेको दाबी गर्नुभयो ।
एमालेको भातृसंगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी नवलपरासीले आज परासीमा आयोजना गरेकोमा प्रशिक्षण कार्यक्रममा नेतृ खनालले उक्त कुरा बताउनुभएको हो । वर्तमान गठबन्धन सरकारका कारण मुलुकमा महंगी,वेथिती,भ्रष्टाचार बढेको र मुलुकको विकास नै ठप्प भएको बताउँदै उहाँले यो देशको विकासको लागि एमालेको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य,जिल्ला सह-ईन्चार्ज एवं सुनवल नगरपालिकाकी मेयर अर्यालले महिलाको नेतृत्व विकासमा जोड दिनुभयो ।
संविधानसभा सदस्य एवं एमाले प्रदेश सदस्य सिन्धु जलेसाले मुलुक परिवर्तनको आन्दोलनमा महिलाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले सबै महिला एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
अनेमसंघकि जिल्ला अध्यक्ष राधा ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यहरु थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, श्यामकुमार बस्याल,जिल्ला उपसचिव रिंगला यादव,जिल्ला सदस्य तारा नेपाली,सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजन लगायतले शुभकामना व्यक्त गर्नुभएको अनेमसंघ जिल्ला सचिवालय सदस्य गौमाया पराजुलीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस