२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बाढी नियन्त्रणका लागि सहुवाटिकरमा बाँध निर्माण सम्पन्न

२०७९ अषाढ २४, शुक्रबार प्रकाशित ( साल अघि) ५२४ पाठक संख्या

परासी, २४ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१ सहुवाटिकरमा बाँध निर्माण कार्य सम्पन्न भएको छ । बाढी नियन्त्रणका लागि झरही खोला नजिकै बाँध निर्माण गरिएको हो । झरही खोलाको बाढीका कारण वर्षेनी सदरमुकाम परासी बजार डुबानमा पर्ने अवस्थालाई नियन्त्रण गर्न बाँध निर्माण गरिएको रामग्राम नगर प्रमुख धनपत यादवले बताउनुभयो ।

292790154_123407050394239_8706877155109449681_n (2)

बाँध निर्माण कार्य सम्पन्न भएपछि आज स्थलगत अनुगमन गर्दै मेयर यादवले बाँध निर्माणपछि केही हदसम्म बाढी नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो । झरही नदी किनारमा विगतमा बनाईएको तटबन्ध भन्दा केही पर बाँध निर्माण गरिएको हो । बाँधलाई सडकको रुपमा प्रयोग गर्ने गरी ग्राभेल गर्दै क्रमशः कालोपत्रे गरिने नगरपालिकाले जनाएको छ ।

292552536_123407073727570_841364395007307470_n (3)

प्रदेश सरकारले यस क्षेत्रमा तटबन्ध निर्माणका लागि रु एक करोड विनियोजन गरेपनि विभिन्न कारणले काम ढिलो शुरु हुन पुगेपछि सिँचाइ डिभिजन कार्यालयले बजेट घटाएर रु २२ लाखको मात्र लागत स्टीमेट गरेको र उपभोक्ता समितिमार्फत बाँध निर्माण गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।

292069011_412000584284264_7374040710228245224_n (2)

 

292177548_579629067166898_8056392071275619385_n (2)

 

292038429_1704383923244511_2143160579244020788_n (2)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस