२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा बिहीबार एकैदिन तीनजनाको मृत्यु

२०७८ बैशाख १६, बिहिबार प्रकाशित ( साल अघि) १५७१ पाठक संख्या

मोहन पौडेल 
परासी , १६ वैशाख । नयाँ भेरियन्ट सहितको कोरोना भाईरस संक्रमणबाट पश्चिम नवलपरासीमा बिहीबार आज एकै दिन तीन जनाको मृत्यु भएको छ ।
आज मृत्यु हुनेमा होम आईसोलेसनमा रहेका रामग्राम- १६ का २७ वर्षीय पुरुष,भीम अस्पताल भैरहवामा उपचाररत सरावल-३ का ४० वर्षीय पुरुष र होम आईसोलेसनमा रहेका सुनवल-६ का ८४ वर्षीय पुरुष  रहेको स्वास्थ्य कार्यालय परासीका प्रमुख कृष्णप्रसाद पोखरेलले दैनिक २४ खबर डटकमलाई जानकारी दिनुभयो ।
यो सँगै कोरोना भाइरस संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ४१ पुगेको छ  ।
यस्तै आज जिल्लामा ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये आरटीपीसीआर परीक्षणबाट २७ जना र एन्टिजिन परीक्षणबाट १० जनामा कोरोना पोजेटिभ देखिएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार आज बर्दघाटमा ६ ,सुनवलमा १६ ,रामग्राममा ८ , प्रतापपुरमा १ ,सुस्तामा २ ,सरावलमा १ र पाल्हीनन्दनमा ३ जनामा पोजेटिभ देखिएको हो ।
यो सँगै जिल्लामा २२९ जना सक्रिय संक्रमित आईसोलेसनमा रहेका छन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%९%

प्रतिक्रिया दिनुहोस