२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बजार अनुगमन – परासीका मिष्ठान पसलका भान्सा मापदण्ड विपरीत, अरु पसलमा ……..?

२०७९ बैशाख १९, सोमबार प्रकाशित ( साल अघि) १८२२ पाठक संख्या

मोहन पौडेल
परासी, १९ वैशाख । पश्चिम नवलपरासीको सरदमुकाम परासीमा सञ्चालित मिष्ठान पसलका भान्सा मापदण्ड विपरीत रहेको पाईएको छ । जिल्ला बजार अनुगमन समितिले आज गरेको बजार अनुगमनको क्रममा परासीमा सञ्चालनमा रहेका अधिकांश मिष्ठान पसलका भान्सा घरमा तोकिएको मापदण्ड नपाईएको हो ।

2

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गएको बजार अनुगमन समितिले परासीमा सञ्चालित चार वटा मिष्ठान पसल लक्ष्मी मिष्ठान भण्डार, ऋद्धिसिद्दि मिष्ठान भण्डार, माखन भोग स्वटी एण्ड बेकरी र अमृत्तम स्वीटको अनुगमन गरेको थियो ।

3

अधिकांश मिष्ठान पसलको भान्सामा सरसफाइको कमी देखिएको छ भने तयार भएका मिष्ठान नढाकी खुल्ला राखिदाँ माखा भन्केका र कमिला लागेको भेटिएको थियो भने भाँडा माझ्ने स्थल पनि सरसफाइको कमीले दुर्गन्धीत अवस्थामा भेटिएको अनुगमन टोलीका सदस्य सचिव घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेले जानकारी दिनुभयो ।

4

मिठाई पसलमा भेटिएका अखाद्य वस्तु नष्ट गरिएको थियो ।

5

अनुगमन टोलीले आजै परासी क्षेत्रमा सञ्चालित एग्रोभेट पसलहरु पाल्ही कृषि सामग्री केन्द्र, शाह एग्रोभेटको अनुगमन गरेको थियो । एग्रोभेट पसलहरुले थोरै पुँजी देखाएर करोडौँको कारोबार गरेको देखिएकोले तत्काल पुँजी बढाउन निर्देशन गरिएको अनगमन टोली सदस्य कृषि ज्ञान केन्द्रका अधिकृत समिर मगरले बताउनुभयो ।

6 7

रामग्राम नगरपालिकाकै वडा नं. १७ पट्खौली क्षेत्रमा सञ्चालित अधिकांश पसलहरुमा भने म्याद गुज्रेका र लेभल नभएका वस्तुहरु विक्री वितरण गरेको भेटिएको थियो ।

8

अनुगमन टोलीले पट्खौली क्षेत्रमा सञ्चालित लक्ष्मी नास्ता पसल, कुन्धन चन्द्रशेखर मदिरा पसल, शिव कस्मेटिक एण्ड फेन्सी पसल, रबी किराना पसलको अनुगमन गरेको थियो । अधिकांश पसलमा म्याद गुज्रेका र लेभल नभएका वस्तु भेटिएकोमा जफत गरी रु तीन हजार बढीका खाद्य वस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेले जानकारी दिनुभयो ।

9

यसैगरी आजै बर्दघाट नगरपालिका वडा न.१२ मा सञ्चालित होटलको पनि अनुगमन गरिएको छ । होटलमा अनुमति बिनै लज सञ्चालन गरेको र सरसफाइको कमी देखिएको थियो । अनुगमन टोलीले अनुगमन गरिएका सबै फर्महरुलाई सुधार गरी व्यवसाय सञ्चालन गर्न निर्दशन गरेको छ भने बिलबिजक अनिवार्य जारी गर्न भनिएको र आगामी दिनमा गरिने अनुगमनको क्रममा सुधार नदेखिएमा कानुन बमोजिम कारवाही गरिने चेतावनी दिईएको करदाता सेवा कार्यालय परासीका अधिकृत कृष्णप्रसाद पन्थीले बताउनुभयो ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, करदाता सेवा कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च नवलपरासी, पत्रकार लगायतका प्रतिनिधिको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२०%४%६%

प्रतिक्रिया दिनुहोस