२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनकी उपाध्यक्ष कोहांर माओवादी केन्द्रमा प्रवेश

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित ( साल अघि) १८१५ पाठक संख्या

परासी, ९ वैशाख ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष पावित्री कोहारले नेपाली कांग्रेस परित्याग गर्नुभएको छ । उहाँ आजै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष कोहार आज माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
माओवादी केन्द्रले आज पाल्हीनन्दनको वेलाशपुरमा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कोहारलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज एवं पूर्व राज्यमन्त्री घनश्याम यादवले पार्टी प्रवेश गराउँदै स्वागत गर्नुभयो ।
पार्टी प्रवेश गर्दै उपाध्यक्ष कोहांरले पार्टीमा ईमान्दार र वफादार भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज यादवले कोहांरलाई उचित जिम्मेवारी दिने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%६%७%२%१२%

प्रतिक्रिया दिनुहोस