२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

छोटो समयमै चर्चा बटुल्दै लोकदोहोरी गायक भरत क्षेत्री र गायिका श्यामकला भण्डारीको “माया देखियो”

२०७८ माघ ३, सोमबार प्रकाशित ( साल अघि) ६६२ पाठक संख्या

मोहन पौडेल
परासी, ३ माघ । लोकप्रिय युवा लोक दोहोरी गायक भरत क्षेत्री र गायिका श्यामकला भण्डारीको संयुक्त प्रस्तुतीमा माया देखियो गीति एल्बम सार्वजनिक भएको छ । भरत क्षेत्री युटुब च्यानलबाट आज उक्त दोहोरी गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएलगत्तै गीतले चर्चा कमाउन सफल भएको छ । गाउँघरमा लुकेर लगाईएको माया देखिएको कुरालाई गीतमा प्रस्तुत गरिएको छ । गीतको म्युजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका मोडल लोमस शर्मा र जुना सुन्दासको दमदार अभिनय रहेको छ ।
प्रह्लाद सुवेदीको शब्द र गायक भरत क्षेत्रीको आफ्नै संगित रहेको यस गीतमा गायक द्धय क्षेत्री र श्यामकला भण्डारीकै स्वर रहेको छ । कुमार केसीको निर्देशन र प्रशान्त मगरको कोरियोग्राफ रहेको यस गीतको म्युजिक भिडियोमा जाडो मौसममा रोधी बसेर माया देखाएको प्रस्तुती देखाईएको छ ।
गीत सार्वजनिक भएसँगै दर्शक स्रोताले निकै रुचाएका छन् । युटुब र टिकटकमा गीत भाईरल बनिरहेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका अध्यक्ष समेत रहेका गायक क्षेत्रीको यो पन्ध्रौ गीति एल्बम हो । क्षेत्रीले २० भन्दा बढी गीतमा स्वर दिईसक्नुभएको छ । गायिका श्यामकला भण्डारी समेत पछिल्लो समय सांगितिक क्षेत्रमा स्थापित हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस