२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

करदाता सेवा कार्यालय परासीका प्रमुख पन्थीलाई सम्मानसहित बिदाई

२०७८ मंसिर ४, शनिबार प्रकाशित ( साल अघि) ४५२ पाठक संख्या

अभिषेक राव
परासी, ४ मंसिर।करदाता सेवा कार्यालय परासीका प्रमुख नरेश पन्थीलाई सम्मानसहित विदाई गरिएको छ । नवलपरासीबाट सरुवा भई काठमाडौँ जान लाग्नुभएका प्रमुख पन्थीलाई पीस क्लब ईन्टरनेशनल परासीले एक कार्यक्रम गरी सम्मान पत्रले सम्मान गरी बिदाई गरेको हो ।
कार्यालय प्रमुख पन्थीले जिल्लामा कार्यरत आम सेवाग्राहीलाई सरल र सुलभ तरिकाले सेवा प्रदान गर्दै हरेक समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेल्नुभएकोले उक्त कार्यको कदर गर्दै सम्मान गरिएको पीस क्लबका अध्यक्ष शम्भु उपाध्यायले जानकारी दिनुभयो ।
प्रमुख पन्थीले जिल्लामा कार्यरत रहँदा सबै क्षेत्रबाट सहयोग रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको पीस क्लबका सचिव राजेश गुप्तले बताउनुभयो । उक्त अवसरमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली लगायतको पनि सहभागिता रहेको क्लबका उपाध्यक्ष अर्जुन क्षेत्रीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस