२०८२ जेष्ठ २६, आईतबार
24 खबर अपडेट

ऐतिहासिक भूमि सुस्तामा आँखा नलगाउन युवा संघ नवलपरासीको चेतावनी

२०७८ कार्तिक २३, मंगलबार प्रकाशित ( साल अघि) ९१६ पाठक संख्या

परासी,२३ कात्तिक । नेपालको ऐतिहासिक भूमि सुस्तामा आँखा नलगाउन नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जिल्ला कमिटी पश्चिम नवलपरासीले भारतलाई चेतावनी दिएको छ ।
भारतीय सुरक्षाकर्मीले बिना अनुमति नेपाली भुमि सुस्तामा प्रवेश गरी ड्रोन क्यामरा प्रयोग गरी नेपाली भूमि नापजाँच गरेको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै युवा संघले आगामी दिनमा यस्ता घटना दोहोरिएमा भूमि रक्षाका लागि चुप लागेर नबस्ने चेतावनी समेत दिइएको छ ।
राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीले एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएको हो । संघका अध्यक्ष युवराज डुम्रेद्धारा हस्ताक्षरित विज्ञप्तिमा आफ्नो भूमिको रक्षाका लागि चासो नदेखाउने गैर जिम्मेवार सरकारलाई राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार हुन ध्यानाकर्षण गराएको छ ।
भूमि रक्षाको लागि सरकार गम्भीर नभए जुनसुकै मूल्य चुकाउन तयार रहेको बताउँदै युवा संघले उक्त संवेदनशिल घटनाप्रति स्थानीय प्रशासनले अनविज्ञता जनाउँदै कुनै प्रतिक्रिया नदिनु परमादेश सरकारको राष्ट्रियताप्रतिको नीति स्पष्ट भएको भन्दै विज्ञप्तिमा परमादेश सरकार र भारतीय एसएसबीको व्यवहारप्रति निन्दा व्यक्त गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस