२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवलमा एमालेको शुभकामना आदानप्रदान, नवलपरासीलाई एमालेको लालकिल्ला बनाउनुपर्छ – जलेसा

२०७८ कार्तिक १७, बुधबार प्रकाशित ( साल अघि) ६१८ पाठक संख्या

सुनवल, १७ कात्तिक । नेकपा एमाले सुनवल नगर कमिटीको आयोजनामा सपथग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आज सुनवल–५ वनकट्टीमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं संविधानसभा सदस्य सिन्धु जलेसाले आगामी तीनै तहका निर्वाचनमा विजयी हासिल गरी नवलपरासीलाई एमालेको लालकिल्ला बनाउने अभियानमा जुट्न आग्रह गर्नुभयो ।
नवगठित कमिटीलाई सपथग्रहण गराउँदै उहाँले रातो अबिरको संकेत पार्टीका सवै तहका नेता कार्यकर्ता एकजुट भएर आगामी निर्वाचनमा बहुमत ल्याई केपी शर्मा ओलीलाई पुनः सिंहदरबारमा छिराएर मुलुकको विकास गरी सुखी नेपाली समृद्ध नेपाल निर्माण अभियानलाई सार्थक बनाउनुपर्ने उहाँले जोड दिनुभयो ।
एमाले सुनवल नगर कमिटी अध्यक्ष दुर्गानारायण सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य वीरेन्द्र यादव, कृष्णप्रसाद बगाले, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, सचिव थानप्रसाद गैरे, उपसचिव राजन आचार्य, जिल्ला सचिवालय सदस्य बिमला अर्याल, जिल्ला सदस्य केशव भण्डारी, नगर उपाध्यक्ष सुरज अर्याल, सचिव मुरली गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
एमाले सुनवलको आजै बसेको पहिलो बैठकले नगरका १३ वडामा ईन्चार्ज तोकेको छ भने निर्वाचन कमिटी र अध्यक्ष मण्डललाई धन्यवाद व्यक्त गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस