२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

विश्व शान्तिक‍ो कामना गर्दै पिस क्लब ईण्टरनेशनलद्धारा दीप प्रज्वलन

२०७८ आश्विन ६, बुधबार प्रकाशित ( साल अघि) ६९४ पाठक संख्या

परासी, ६ असोज । विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको परासीमा दीपप्रज्वलन गरिएको छ । विश्व शान्ति दिवसको अवसरमा पिस क्लब ईण्टरनेशल नवलपरासीले परासी बुद्धचोकमा मंगलबार साँझ दीप प्रज्वलन गरेको हो ।
क्लबका अध्यक्ष शम्भु उपाध्यायको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाज,मानवअधिकारकर्मी,पत्रकार,रेडक्रसकर्मी,समाजसेवी लगायतको उपस्थिति रहेकोमा थियोे ।
संयुक्त राष्ट्रसंघको आहृवानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ । राष्ट्रसंघको ५५ औँ वार्षिक साधारणसभाले प्रस्ताव पारित गरी संसारका सबै देश र जनतामा शान्तिको कामना सहित उक्त दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा  गरेको थियो ।
नेपालले भने  २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो । १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवात भएको खुसियालीमा नेपालमा शान्ति दिवस मनाउन थालिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस