२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै विप्लवको युवा संगठनद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

२०७८ भाद्र ३०, बुधबार प्रकाशित ( साल अघि) ५१३ पाठक संख्या

परासी, ३० भदौ । सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल नवलपरासीले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
युवा संगठनले जिल्ला प्रशासन कार्यालय मार्फत आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
युवा संगठनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच गत २०७७ फाल्गुन २१ गते भएको तीन बुद्दे सहमति कार्यनयनको माग गर्दै सहायक सिडियो जोरा सिंह माझी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा भनिएको छ”हाम्रो पार्टीले देशमा भएका संस्थागत भ्रष्टाचार,तथा बिभिन्न संघ संस्थाहरुले राज्यलाई कर छली बिरुद्ध कार्य गर्दै आइरहेको क्रममा केपी ओली नेतृत्वको सरकारले पार्टी माथी २ बर्ष राजनैतिक प्रतिबन्ध लगायो,पार्टीले उठाउदै आएका राजनीतिक विषयहरु र नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको राजनैतिक प्रतिबन्धका विषयमा नेपाल सरकार र नेकपाको बिचमा पटक-पटक वार्ता बसि दुबै पक्षको सकारात्मक प्रयत्नबाट २०७७ फागुन २१ गते तीन बुद्दे सहमति गरि नयाँ राजनीतिक कोर्षको सुरुवात भएको थियो, तीन बुद्दे सहमतिमा उल्लेख भएको प्रतिबन्ध फुकुवा गर्ने बाहेक अरु कुनै पनि बुंदाहरु लागू भएको छैन ।
ज्ञापनपत्रमा अघि भनिएको छ- कुनै पनि राजनीतिक शक्तिसँग राज्यले गर्ने राजनीतिक सहमतिहरुलाई इमान्दारिताका साय लागू गर्नुपर्दछ।अन्यथा राज्यप्रतिको अविश्वास बढ्दै जाने र विगतमा भएका सम्झौताहरु राज्यद्वारा उलङ्घन गर्दै आएको इतिहासको परिणाम स्वरूप तीन बुद्दे सहमति कार्यान्वयनमा देखा परेको ढिलासुस्ती गरेको खोजेको संगठनले आरोप लगाएको छ।
ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाएका झुट्टामुद्दाहरु तुरुन्त खारेज गर,राजनीतिक आस्थाका अधारमा बन्दी बनाएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर,जनमत संग्रहका लागि उचित वातावरण तयार गर जस्ता तीन बुद्दे माग उल्लेख्य गरेका छ्न।
नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको तीन बँदे सहमतिलाई कार्यान्वयन गरिएन भने अन्य सर्घषका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंश माझिले नेकपाका संग भएको ३ बुद्दे सहमति कार्यनयनका लागि गृहमन्त्रालयको निर्देशन अनुसारनै जस्तोसुकै अवस्था एवं हरबखत नेताकार्यकर्ता रिहाइ गर्ने प्रतिबद्धता जनाउनु भएको पार्टीका जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रतापले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस