२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बाल संगठन नवलपरासीद्धारा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न, देवकोटाकि भण्डारी प्रथम

२०७८ भाद्र २९, मंगलबार प्रकाशित ( साल अघि) १०२१ पाठक संख्या

परासी, २९ भदौ । नेपाल बाल संगठन (बालमन्दिर) पश्चिम नवलपरासीको आयोजनामा जिल्ला स्तरीय मावि तह कविता प्रतियोगिता आज परासीमा सम्पन्न भएको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा जिल्लाका विभिन्न १६ विद्यालयका २३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियोे ।
कोरोना संक्रमण र बालबालिकाको भोगाई शीर्षकमा भएको उक्त प्रतियोगितामा महाकवि देवकोटा मावि सुनवलकि सरिन भण्डारी प्रथम,अन्नपूर्ण बोर्डिङ स्कुल सुनवलकि ऋचा भट्टराई द्धितीय र राजा महात्मा पूर्णभद्र मावि बर्दघाटकि आरति पाण्डे तृतीय भएको प्रतियोगिताका निर्णायक संयोजक एवं विश्व साहित्य प्रतिष्ठानका जिल्ला अध्यक्ष दीपक बरालले जानकारी दिनुभयो ।
प्रतियोगिता प्रथम,द्धितीय र तृतीयलाई क्रमशः नगद रु पाँच हजार,रु तीन हजार र रु दुई हजार तथा शिल्ड र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक एवं नेपाल बाल संगठनका जिल्ला उपसभापति दीपककुमार गैरेले बताउनुभयो ।
नेपाल बाल संगठनका जिल्ला सभापति पृत्तम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बालबालिकाको अधिकार संरक्षणमा सबैको भूमिका हुनुपर्ने बताउनुभयो । उहाँले बाल श्रम उन्मुलन गर्दै बालबालिकाको संरक्षण र विकासमा तीनै तहका सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला बाल अधिकार समितिका सदस्य सुमनगोपाल आचार्य,निर्णायक संयोजक साहित्यकार दीपक बराल, निर्णायक सदस्य बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक शेषकान्त पौडेल, रामग्राम नगर स्तरीय बाल सञ्जालकि अध्यक्ष गोमा अग्रहरी, नेपाल बाल संगठनका जिल्ला सभापति दीपक गैरे, जिल्ला सचिव मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको नेपाल बाल संगठनकि कोषाध्यक्ष रिंगला यादवले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस