२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रेडक्रसद्धारा सरावल गाउँपालिकाका बाढी प्रभावित ११० घरपरिवारलाई राहत बितरण

२०७८ भाद्र २१, सोमबार प्रकाशित ( साल अघि) १५३१ पाठक संख्या

 

परासी २१ भदौ ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका बाढी प्रभावितलाई राहत हस्तान्तरण गरेको छ ।
युनिसेफ नेपालकाे सहयाेग तथा नेपाल रेडक्रस साेसाईटी रामपुरखडाैना उपशाखाकाे सहकार्यमा
सरावल गाउँपालिकाका प्रभावितलाई गैर खाद्य राहत सामग्री बितरण गरिएकाे रेडक्रस साेसाईटी रामपुरखडाैना उपशाखका सभापति सुभान अलि अन्सारीले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा न ५,६ र ७ का बाढी प्रभावित ११० घरपरिवारलाई राहत बितरण गरिएकाे नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीका सभापति राजेन्द्रप्रसाद अग्रहरीले बताउनुभयो ।
उहाँका अनुसार प्रभावित घरपरिवारलाई त्रिपाल,कम्बल,जग,माक्स बाल्टी लगायत उपलब्ध गराईएको हो ।
नेपाल रेडक्रस साेसाईटी रामपुरखडाैना उपशाखाका सभापति अन्सारीकाे अध्यक्षता तथा रेडक्रस साेसाईटी जिल्ला शाखा सभापति राजेन्द्रप्रसाद अग्रहरीकाे प्रमुख अतिथ्यमा राहत सामग्री बितरण गरिएकाे थियाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस