२०८२ भाद्र ३, मंगलबार
24 खबर अपडेट

एमाले सुनवल-३ को वडा अधिवेशन सम्पन्न , ३७ सदस्यीय वडा कमिटी गठन

२०७८ भाद्र १९, शनिबार प्रकाशित ( साल अघि) ३८८० पाठक संख्या

परासी, १९ भदौ । नेकपा एमाले सुनवल नगरपालिका वडा नं. ३ को वडा भेला तथा अधिवेशन आज सम्पन्न भएको छ ।
अधिवेशनले टेक बहादुर थापामगरको अध्यक्षतामा ३७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा रेनु थापा मगर, सचिवमा भुमिकला क्षेत्री, सहसचिवमा बिकास काफ्ले लगायत रहनुभएको छ ।
रणबहादुर पुनको अध्यक्षता तथा नेकपा एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा एमाले नेताहरु थानप्रसाद गैरे, बिमला अर्याल, सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्याल, उद्योग वाणिज्य संघ नवलपरासी अध्यक्ष केशव भण्डारी, एमाले नेता सरस्वती सुवेदी, बद्री मान श्रेष्ठ , सुनवल ३ का वडाध्यक्ष कर्णबहादुर सेन,४ का अध्यक्ष बीरबहादुर गुरुङ , ५ का अध्यक्ष थमन नेपाली लगायतको पनि सहभागिता रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस