२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अध्यादेश प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउँछौँ – मुख्यमन्त्री केसी

२०७८ भाद्र ९, बुधबार प्रकाशित ( साल अघि) १०९६ पाठक संख्या

मोहन पौडेल
परासी, ९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नयाँ बजेट र कार्यक्रम ल्याउने बताउनुभएको छ । एमाले नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट प्रतिस्थापन गरी नयाँ स्वरुपको बजेट र कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकास्थित नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसीएल नेपालको भेला तथा अधिवेशनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री केसीले भन्नुभयो, “हामीलाई नयाँ बजेट ल्याउने अधिकार छ, अध्यादेशमार्फत प्रतिस्थापन गरेर जनमुखि बजेट व्यवस्थापन र नयाँ कार्यक्रम ल्याउँछौ”
मुख्यमन्त्री केसीले यसै महीना भित्र सरकारलाई पूर्णता दिने र आवश्यकता अनुसार मन्त्रिपरिषद् सदस्य सङ्ख्या हेरफेर हुने पनि जानकारी दिनुभयो । मुख्यमन्त्री केसीले नागरिकका गुनासालाई आत्मसाथ गर्दै प्रादेशिक सरकार, प्रादेशिक प्रशासनिक संरचना परिवर्तन गरिने उल्लेख गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन बहिस्कार गरेपनि आफूहरु कानुन र विधि अनुसार अघि बढ्ने उहाँले बताउनुभयो । कोभिडबाट आक्रान्त सामाजिक अस्तव्यस्ततालाई सुधार गर्दै तेस्रो चरणको कोरोना महामारी नियन्त्रणको पूर्व तयारीमा प्रदेश सरकार लाग्ने उहाँले बताउनुभयो ।
भेलाले अनिल रजक अध्यक्ष रहेको वाईसीएल पाल्हीनन्दन कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा प्रदीपदास पटनवार, सत्रुभन कुर्मी, उमेश गौड, सुमित यादव, पशुपति तेली, सचिवमा उपेन्द्र पटेल, कोषाध्यक्षमा करिष्मा पटेल लगायत रहनुभएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दीपक गुप्ताले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस