२०८३ अषाढ ३०, मंगलबार
24 खबर अपडेट

नवलपरासी फोटोग्राफर संघद्धारा रक्तदान कार्यक्रम आयोजना

२०७८ भाद्र ५, शनिबार प्रकाशित ( साल अघि) ८२९ पाठक संख्या

बर्दघाट, ५ भदौ । नवलपरासी फोटोग्राफर संघको आयोजनामा आज बर्दघाटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघको स्थापना दिवस तथा दोस्रो बार्षिकोत्सवको अवसर पारेर गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।
फोटोग्राफर संघ नवलपरासीका अध्यक्ष चेत नारायण पाण्डेको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सदस्य एवं रक्तसञ्चार संयोजक सुरज केसीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रेडक्रस जिल्ला शाखाको प्राविधिक सहयोग रहेको संस्थाका सचिब तथा कार्यक्रम संयोजक यज्ञमुर्ति भण्डारी (शिव) ले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी बर्दघाट उप–शाखाका सभापति नारायण अधिकारी,बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने ,बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दीपक लम्साल लगयातको सहभागिता गियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस