२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा दश वर्ष सजाय तोकिएका फरार अभियुक्त पक्राउ

२०७८ श्रावण ३१, आईतबार प्रकाशित ( साल अघि) ९३६ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ साउन । दश वर्ष बढी कैद सजाय तोकिएका एक जना फरार अभियुक्तलाई नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले तीन वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय ईन्द्रजीत बिन रहेको प्रहरीले जनाएको छ ।
बिनलाई जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको टोलीले नवलपरासी(बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गरिएको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
उनलाई नवलपरासी जिल्ला अदालतले २०७५ जेठ ३० गते लागु औषध मुद्दामा दश वर्ष एक महीना आठ दिन कैद सजाय र एक लाख जरिवानाको फैसला गरेको थियो । पक्राउ परेका बिनलाई आज जिल्ला अदालतमा पेश गरिने प्रनाउ लामाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस