२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सरकारको प्राथमिकता कोभिड १९ नियन्त्रण हुनुपर्छ – पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी

२०७८ श्रावण २८, बिहिबार प्रकाशित ( साल अघि) १२६९ पाठक संख्या

मोहन पौडेल
परासी, २८ साउन – प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड १९ नियन्त्रणमा अग्रसर हुन सरकारलाई आग्रह गर्नुभएको छ । कोरोना भाईरस सङ्क्रमण फेरि बढ्न थालेकोले महामारीबाट नागरिकलाई जोगाउन सरकार प्राथमिकताका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को परासीमा आज आयोजित पत्रकार भेटघाटमा पूर्वमन्त्री त्रिपाठीले सरकारलाई छिटो पूर्णता दिएर कोरोना रोकथाम तथा नियन्त्रणका लागि पूर्ववर्ति सरकारले थालेका पूर्वतयारीलाई निरन्तरता दिन जोड दिनुभयो ।
विगतको सरकारले थालेका पूर्वतयारीलाई निरन्तरता नदिए कोरोना महामारीबाट पार पाउन कठिन हुने भन्दै उहाँले भन्नुभयो, “हामीले देशव्यापी रुपमा अक्सिजन प्लाण्ट, आईसीयू, एचडीयू, भेन्टिलेटरको व्यवस्थापन अघि बढाएका थियौँ, स्वास्थ्य सामग्री जुटाएर राखेका छौँ, एक करोड ६३ लाख मात्रा खोप व्यवस्थापन गरेका छौँ, सरकारले यसलाई अगाडि बढाउनुपर्छ”
अर्काे प्रसङ्गमा नेता त्रिपाठीले राजनीति लिग भन्दा बाहिर जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । दलहरुबीचको तिक्तता र प्रतिसोधपूर्ण व्यवहार, विभाजनको शिकार लगायत कारणले राजनीति दल र नेताको कब्जाबाट अदालतको परिसरमा पुगेको भन्दै उहाँले यो शुभ सङ्केत नभएको टिप्पणी गर्नुभयो ।
स्वतन्त्र राजनीतिक समूहका राष्ट्रिय संयोजक समेत रहनुभएका नेता त्रिपाठीले अहिलेकै परिस्थितिले राजनीति लिगमा नआउने उल्लेख गर्दै संविधान नै समाप्त हुने खतरा बढेको दाबी गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेसको महाधिवेशनपछि पुनः संसद भङ्ग गरेर मुलुकलाई अर्लि ईलेक्सनमा लैजाने भित्री तयारी भईरहेको आफूले सूचना पाएको जिकिर गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस