२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

लागुओैषधसहित दुई पक्राउ 

२०७८ श्रावण २८, बिहिबार प्रकाशित ( साल अघि) ८०६ पाठक संख्या

मोहन पौडेल 
परासी, २८ साउन- लागुओैषधसहित नवलपरासी (बर्दघाट सु्स्ता पश्चिम ) प्रहरीले दुई जना युवालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको रामग्राम नगरपालिका -१ बस्ने सिकारी हरिजन र शम्भु प्रसाद चमार रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
गोप्प सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज दिउँसो रामग्राम-३ स्थित सङ्गम टोलबाट लागुओैषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकारी लामाका अनुसार उनीहरूले प्रयोग गरेको लु १३ प ८२ नम्बरको स्कुटी जाँच गर्दा डिक्कि भित्र लुकाएर ओसारपसार गरिरहेको अवस्थामा दुई /दुई एमएलका ६० एम्पुल नुफिन, फेनरागन ६० एम्पुल र डाईजोपाम ६० एम्पुल लागुओैषध बरामद भएको हो ।
पक्राउ परेका दुवैजना विरुद्ध लागूओैषध मुद्दा दायर गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस