२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

राजेश चौधरीको नेतृत्वमा प्रतापपुर र सुस्ताबाट ८० जना जसपामा प्रवेश

२०७८ श्रावण २७, बुधबार प्रकाशित ( साल अघि) १९९६ पाठक संख्या

मोहन पौडेल
परासी, २७ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका युवा समाजसेवी एवं व्यवसायी राजेशप्रसाद चौधरी जनता समाजवादी पार्टी(जसपा)नेपालमा प्रवेश गर्नुभएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा प्रतापपुर र सुस्ता गाउँपालिका कमिटीले आज बेलाटारीमा गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा युवा समाजसेवी चौधरीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी प्रतापपुर र सुस्ताबाट ८० जना जसपामा प्रवेश गरेका हुन् ।
गैरसरकारी संस्था र सामाजिक कार्यमा काम गर्दै आउनुभएका चौधरी यसअघि स्वतन्त्र रहनुभएको थियो । जनताको दुःखलाई अन्त्य गर्न र जनताको सेवा गर्न आफू राजनीतिमा प्रवेश गरेको उहाँले बताउनुभयो । जसपा प्रवेश गरेका चौधरीलाई प्रतापपुर गाउँपालिकाको भावी अध्यक्षको रुपमा चर्चा पनि गर्न थालिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले,राप्रपा त्यागेर तथा धेरैजसो स्वतन्त्र व्यक्तिहरु पार्टीमा प्रवेश गरेको युवा नेता चौधरीले दैनिक 24 खबर डटकमलाई बताउनुभयो । जसपा नेपाल नवलपरासी निर्वाचन क्षेत्र नं.१ प्रदेशसभा क्षेत्र नं. १ का अध्यक्ष असरफ अलि चुरिहारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जसपा नेपालका केन्द्रिय सदस्य एव पूर्वमन्त्री गोविन्द चौधरीले महन्थ ठाकुर समूहलाई पनि पार्टीमा एकिकृत हुन आग्रह गर्नुभयो ।
माधब नेपाल समूहका कारण मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताउँदै उहाँले यसै साता टुगो लाग्ने बताउनुभयो । जसपा नेपालका अर्का केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रामबचन यादवले संघीयता, समावेशीता, समानुपातिक लगायत आफूहरुको माग र सिद्धान्त रहेकोले सिद्धान्त भन्दा बाहिर जान नसकिने बताउनुभयो ।
जसपा नेपालका केन्द्रिय सदस्य एवं सविधानसभा सदस्य चिनक कुर्मीले पार्टीको चुनाव चिन्हमा जितेर स्वतन्त्र हुँ भन्दै ठग्नेहरुका विरुद्ध प्रतिवाद गर्न आग्रह गर्नुभयो । जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले अधिकार नपाएका शोषित पीडित र विभेदमा परेकालाई अधिकार सम्पन्न गराउने वैकल्पिक शक्तिको रुपमा जसपा पार्टी रहेको बताउनुभयो ।
उहाँले प्रतापपुर र सुस्ता क्षेत्रमा जसपाले जितेमा उखु किसानको समस्या समाधान हुने दाबी गर्नुभयो । नेता यादवले भारतीय मोटरसाईकल सञ्चालनमा रोक लगाईएकोप्रति पनि आपत्ति जनाउनुभयो ।
कार्यक्रममा जसपा नेपालकी केन्द्रीय सदस्य सुनिता काफ्ले, ,मुन्नालाल यादव,प्रदेश सदस्य मन्नु पाल, जिल्ला कार्यकारीणी सदस्य लख्खु यादव, नवप्रवेशी राजेशप्रसाद चौधरी, युवा नेता विक्रान्त लामिछाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१०%१%

प्रतिक्रिया दिनुहोस