२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमाले नवलपरासीको बैठक – साउन ३० भित्र सदस्यता नवीकरण सक्ने

२०७८ श्रावण २०, बुधबार प्रकाशित ( साल अघि) ९५२ पाठक संख्या

परासी,२० साउन । नेकपा एमाले पश्चिम नवलपरासी जिल्ला कमिटीको सातौं बैठक आज सम्पन्न भएको छ । पार्टी जिल्ला कार्यालय परासीमा बसेको बैठकले साउन ३० गते भित्र सदस्यता नवीकरण गरिसक्न स्थानीय पालिका कमिटीलाई निर्देशन गरेको छ ।
एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त बैठकले पालिका कमिटीहरुको बैठक बिहीबारदेखि नै शुरु गर्न आग्रह गर्दै समय तालिका र जिम्मेवारी प्रदान गरेको जिल्ला सचिव राजन आचार्यले जानकारी दिनुभयो ।
बैठकले पाल्हीनन्दन र सरावल गाउँपालिका कमिटीको अध्यक्ष र सचिव तोकेको छ । एमाले पाल्हीनन्दनको अध्यक्षमा रामप्रसाद चौधरी र सचिवमा अशोक राजभर तथा एमाले सरावलको अध्यक्षमा सुरेश यादव र सचिवमा देवराज चौधरीलाई मनोनीत गरिएको सचिव आचार्यले दैनिक 24 खबर डटकमलाई बताउनुभयो ।
बैठकले वर्तमान देउवा सरकारले भूमि आयोग खारेज गरेकोमा आपत्ति जनाएको छ भने दार्चुलामा महाकाली नदि तर्ने क्रममा जयसिंह धामीको हत्या गरिएको घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रदेश सह ईन्चार्ज बैजनाथ चौधरीले पार्टी एकढिक्का हुनुको विकल्प नभएको बताउनुभयो । उहाँले संगठन विस्तारलाई अघि बढाउन आग्रह गर्नुभयो । एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री लीला गिरीले असोज ९ गते भित्र सबै पालिका कमिटीको अधिबेशन सक्ने गरि लाग्न आग्रह गर्नुभयो । जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य खिमलाल पोखरेलले पनि सम्बोधन गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस