२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समिक्षा

२०७८ श्रावण १९, मंगलबार प्रकाशित ( साल अघि) ६६२ पाठक संख्या

परासी, १९ साउन । पश्चिम नवलपरासीमा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको समिक्षा गरिएको छ । लुम्बिनी प्रदेश सरकारले जिल्लाका सात वटै स्थानीय तहमा सञ्चालन गरेको उक्त कार्यक्रम अन्र्तगत गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमको समिक्षा गरिएको हो ।
आज जिल्ला समन्वय समितिमा सरोकारवालाको उपस्थितिमा कार्यक्रमको समिक्षा गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका सहजकर्ता क्रमशः अमृता गैरेले सुनवल नगरपालिका र सरावल गाउँपालिकामा भएका गतिविधिको जानकारी गराउनुभएको थियो भने यानमाया गुरुङ्ले रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिका तथा होमनाथ भण्डारीले बर्दघाट नगरपालिका र प्रतापपुर तथा सुस्ता गाउँपालिकामा सञ्चालित गतिविधिको जानकारी गराउनुभएको थियो ।
गत आवमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको कार्यान्वयन निराशाजनक देखिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बताउनुभयो । यो कार्यक्रम धेरै राम्रो भएपनि स्थानीय तहले कार्यान्वयन गर्न नसकेको देखिएको उहाँले बताउनुभयो । सहजकर्ताहरुले अधिकांश कार्यक्रम कोरोना महामारीका कारण कार्यान्वयन हुन नसकेको बताएका थिए ।
नवलपरासीको रामग्राम नगरपालिकामा १६ प्रतिशत, सुनवल नगरपालिकामा २७ प्रतिशत, बर्दघाटमा ७७ प्रतिशत, प्रतापापुरमा ७७ प्रतिशत, सुस्तामा ६९ प्रतिशत, सरावलमा ६१ प्रतिशत र पाल्हीनन्दनमा ७४ प्रतिशत मात्रै वितीय प्रगति भएको पाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस